Wednesday, 26 September 2018 02:51 pm, Nepal

कैदी–कैदीबीच झडप

मेचीकाली : 2012-05-12 12:54:31


चौतारा, ३० वैशाख : जिल्ला कारागार सिन्धुपाल्चोकका कैदीकैदीबीच झडप हुँदा थुनामा रहेका एक चिनियाँसहित तीनजना घाइते भएका छन् । कारागारका नाइके तथा भाइनाइकेले अनावश्यक रूपमा दमन गरी बेलाबेलामा कुटपिटसमेत गर्ने गरेको भन्दै गएराति आन्दोलित कैदीबीच कुटाकुट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

घाइते चिनियाँ नागरिक समेत नेपालका बलबहादुर तामाङ र दुर्गाबहादुर मगरलाई राति नै चौतारा अस्पतालमा उपचार गराई कारागारमा फर्काइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । प्रहरीले तीनजना मात्र घाइते भने पनि कैदीहरूले छ–सातजना घाइते भएको बताएका छन् । यसैबीच, घटनामा संलग्न भएको आरोपमा छजनालाई हिरासतमा राखिएको प्रहरीले बताएको छ ।    सातजना महिला कैदीका लागि बनाइएको नवनिर्मित कारागार भवनमा हाल ९२ जना पुरुष कैदीलाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु