dashain
Wednesday, 17 October 2018 06:57 am, Nepal

रामारोशन गाविसमा १ सय २७ गर्भवति महिला,सबैको घरमा रातो झण्डा

मेचीकाली : 2012-04-14 14:41:52


अछाम, २ वैशाख : अछाम जिल्लाको रामारोशन गाविसमा १ सय २७ जना गर्भवति महिला रहेको पाईएको छ । गर्भवति महिलाको घरमा संकेतका लागि रातो झण्डा राख्ने अभियान शुरु भएपछि गाविसमा १ सय २७ गर्भवति महिला रहेको पाईएको हो । 

साथै गाविसका सबै गर्भवति महिलाको घरमा रातो झण्डा राखिएको छ । उपस्वास्थ्य चौकीको पहलमा गाविसका सरोकारवालाहरुसंग छलफल गरी सबै गर्भवति महिलाको घरमा रातो झण्डा राखिएको उपस्वास्थ्य चौकी ईन्चार्ज बिरेन्द्र खड्काले बताउनुभयो । गर्भावस्था विशेष अवस्था भएको र यो बेला गर्भवतिको बिशेष पहिचान गरी अप्ठेरा पर्दा सहयोग गर्न सजिलो होस भनेर झण्डा राखिएको ईन्चार्ज खड्काले बताउनुभयो ।  साथै गाविसका सबै सरोकारवालाले सबै गर्भवतिलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु