dashain
Wednesday, 17 October 2018 06:59 am, Nepal

तीन जिल्लाको संगमस्थल त्रिवेणी बिनिघाटमा महोत्सव शुरु

मेचीकाली : 2012-04-14 14:40:54


अछाम– अछाम, डोटी र सुर्खेत जिल्लाको संगममा पर्ने त्रिवेणी बिनिघाटमा तेस्रो त्रिवेणी महोत्सव शुरु भएको छ । त्रिवेणी बिनिघाटलाई पर्यटकीय क्षेत्रका रुपमा प्रवद्र्धन गरी प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरीएको त्रिवेणी पर्यटकीय महोत्सव मुल आयोजक समितिका अध्यक्ष कृष्ण बहादुर साउदले बताउनुभयो । 

तीन जिल्लाको संगम स्थलमा पर्ने त्रिवेणी क्षेत्रमा अछाममा कागेश्वरी र श्रीवण्डाली, डोटीमा शिवजी मन्दिर, तथा सुर्खेतमा समैजी देवताको मन्दिर रहेको छ । विशाल, मनोरम फाँट तथा सेती र कर्णाली नदीको पनि संगम रहेको छ । त्यस क्षेत्रमा विदेशी पर्यटकहरुले ¥याफ्टिङ पनि गर्ने गर्दछन् । महोत्सव बैशाख ५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु