dashain
Wednesday, 17 October 2018 07:16 am, Nepal

रुखबाट खसेर एक जनाको मृत्यु

मेचीकाली : 2012-04-08 11:47:01


अछाम, २६ चैत : अछामको मलातिकोट गाविसमा रुखबाट खसेर एक युवकको ज्यान गएको छ । वडा नम्ब्र ४ निवासी १७ वर्षीय जगत खत्रीको घास काट्ने क्रममा रुखबाट खसेर ज्यान गएको हो । शनिवार घास काट्न जंगल गएका खत्रीको आईतवार विहान मात्र शव प्राप्त भएको हो । खत्रीले पिंगला मावि मलिातिकोटबाट यस वर्षको प्रवेशिका परीक्षा दिएका दिनु भएको हो ।

यसैबीच हिजो साँझ हावाहुरीसँगै आएको चट्याङले अछाम जिल्लाको धमाली गाविस वडा नम्वर ७ पुनेपाटामा ७ जना घाईते भएका छन् । राति साढे ९ बजे वीरेन्द्र आलेमगरको घरमा परेको चट्याङले आलेमगर सहित अन्य ६ जना घाइते भएका हुन् । चट्याङले घर चर्किएको छ, भने घरका लुगाकपडा पनि जलेको अछामका प्रहरी नायब उपरिक्षक शुशिलस्ािंह राठौरले बताउनुभयो ।

यस्तै बारला गाविसमा पनि ४ जना घाईते भएका छन् । गाविसको वडा नम्वर ७ का श्याम शाहीको गोठछानोमा चट्याङग पर्दा शाहीसँगै उहाँकी श्रीमती र अन्य दुई जना घाइते भएका हुन् । चट्याङले लागेर गोठछानामा रहेका एक हल गोरु एक भैसी र एक गाई पनि मरेका स्थानिय रामप्रसाद जैसीले बताउनु भएको छ ।

–रेडियो रामारोशन

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु