dashain
Monday, 15 October 2018 05:02 pm, Nepal

‘पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पारस आपराधिक क्रियाकलापमा लागे’

मेचीकाली : 2012-03-05 13:16:10


मोरङ, २२ फागुन : नेपाली काँग्रेसकी नेतृ तथा केन्द्रीय सदस्य सुजाता कोइरालाले पूर्व राजा ज्ञानेन्द्र र उनका छोरा पारस शाह ‘अपराधिक क्रियाकलाप’मा संग्लन रहेको आरोप लगाएकी छिन् । पारससँग ज्वाँई रुबेल चौधरीको झगडा भएको सम्झँदै उहाँले पूर्व राजपरिवार सदस्यलाई दिँइदै आएको सुरक्षा फिर्ता गर्नुपर्ने माग गरिन् । काठमाडौंको बबरमहलमा भएको बम बिष्फोटनको घटनामा पूर्व राजाबादी सहयोग रहेकोमा आफूलाई कुनै आश्चर्य नलागेको उनको भनाइ थियो ।
 ‘मेरो ज्वाँई(रुवेल चौधरी)को कञ्चटमा बन्दुक तेर्साउनेहरुले बबरमहलमा बम पड्काए सुन्दा आफुलार्ई आश्चर्य नलागेको कोईरालाले बताइन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेतृ कोईरालाले प्रजातन्त्र समाप्त पार्न पूर्व राजावादीहरु सक्रिय रहेको आरोप लगाइन् । उनले बबरमहल बम बिष्फोटनको घटनामा पूर्व राजाबादीको संलग्नता भए छानविन गरी कारवाही गर्नुपर्ने बताइन् ।

यो विषयका प्रतिक्रियाहरु

महानन्द भट्टराई:Mar 9, 2012 02:19:22 PM

नेपाली जनताको खुन र पसिना ले तिरेको कर खाएर बसेकी सुजाता तिमि हरुले आखिर गरेउ के ? जनतालाई संबिधान दिन भनेर पठाएको तिमीहरुको झुण्ड ले आखिर के गरेउ त जनता दिन दिने भोकै मरेका छन् तिमीहरु पाच तारे मा भोज खाएका छौ के तिमीहरुको जिम्मेवारी यहि हो ? जनता र देश को परिवर्तन को लागि राजगद्दी त्यागेर बसेका पुर्व राज परिवार तिमीहरु भन्दा धेरै त्यागि र रास्टियता बोकेका रहेछन !!!! तिमीहरुले कोशी गण्डकी महाकाली बेचेर आफ्नो थैलो भरेउ तर राज परिवार ले कहिलेइ रस्तियता संग सम्झौता गरेनन ! तेसैले अपराधिक क्रियाकलाप पुर्वा राज परिवारले होइन तिमीहरु जस्ता नैतिक पतन भएका नेता हरुले गरेका छौ !!!

Likpa delau:Mar 8, 2012 11:00:18 PM

साले जो चोर उसैको ठुलो स्वर ? आपनो ज्वाई रुबेल ले भ्रस्टाचार गरेर नेपाल र नेपाली को बेइज्यत गर्दा समेत चोर गुण्ड जुवाई को साथ दिने सुजाता नेपाल को राजनीतिक नेता हैन देश द्रोही हो यस्ता चोर हरु को सन्तान लाई छुट दिनु हुदैन , सधम हुसेन लाई जस्तै गरि फासी दिनु पर्छा सुजाता लाई /

jen kumar lama:Mar 5, 2012 04:48:11 PM

सुजातालाई लाज सरम घिन केहि छैन भन्ने कुराको अझ यो समाचारले पुष्टि गरेको छ...नेपालमा बसेर विभिन्न तस्करी काममा संलग्न रहँदै आएको तपाइको ज्वाईं रुबेल चौधरीलाई नेपालमा सुजाताको ज्वाईं भन्दैमा जे पायो त्योई गर्नलाई छुट पाउनु हुन्न..उसलाई पनि विभिन्न पत्रिकामा बारम्बार तस्करमा संलग्न रहेको भन्ने कुरा आइरहँदा किन नेपालको प्रशासनले छुन सकिरहेको छैन ???? के सुजाताको ज्वाईं भन्दैमा सबै छुट ??? यदि चितवन काण्डको कुरा गर्ने हो भने पारश शाह पनि यो मुलुकको नागरिक हो..पारश शाहले गुण्डागर्दी गर्छ भने पारश शाहलाई पनि कानुनी दायरामा ल्याएर कारवाही गर्नु पर्छ यो हाम्रो मान्यता हो तर एकै घटनामा संलग्न बादी प्रतिवादी मण्डीखटार दरबारमा बसेर प्रहरी उपरीक्षक रुबेल चौधरीको बयान लिन जाने अनि यो मुलुकको नागरिक पारश शाहलाई प्रहरीको सुरक्षा घेरामा चितवन प्रमुख जिल्ला अधिकारीको कार्यालयमा उपस्थित गराउने यो कस्तो खालको न्यायिक छानबिन हो ??? के यो कानुन सम्बत छ सुजता जी ???? हामी पनि हेर्छौं कुनै पनि दिन तपाइंले यसको मुल्य चुकाउनै पर्छ...नेता भयो भन्दैमा जे पायो त्यहि नगर्नोस खबरदार....

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु