dashain
Wednesday, 17 October 2018 01:28 am, Nepal

बर्दियामा विवाहको ट्याक्टर दुर्घटना, दुलहीसँगै ४ जनाको मृत्यु

मेचीकाली : 2012-02-25 08:40:42


वर्दिया, १३ फागुन  : बर्दियाबाट दुलही लिएर कैलालीका लागि छुटेको  ट्रयाक्टर चिसापानि नजिकै दुर्घटना हुदा दुलहीसँगै ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३१ जना घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ठाकुरद्धारा २ गोब्रेलाकी २० वर्षीया दुलही पुष्पा चौधरी, १६ वर्षकी  करीष्मा चौधरी र १३ वर्षिय सुष्मा चौधरीको घटनास्थलमै मृत्यु भएको हो भने २२ वर्षका निर्मला चौधरीको उपचारका लागि कोहलपुर ल्याउदैै गर्दा ज्यान गएको ईलाका प्रहरी कार्यालय भुरीगांउ बर्दियाले जनाएको छ ।

घाईतेमध्ये ५ जनाको स्थानिय मेडीकलमा र अन्य २६ जनाको शिक्षण अस्पताल  कोहलपुरमा उपचार भैरहेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले  जनाएको छ । कैलालीको बौनीयाबाट आएको जन्ती टोलीसँगै बर्दियाको ठाकुरद्धारा २ गोब्रेलाबाट दुलही पुरयाउन हिंडेको भे १ त ३८४८ नम्मरको ट्रयाक्टर पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुन्जको चिसापानी व्यारेक नजिक दुर्घटना भएको हो । चालकको लापरबाहीका कारण ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु