Wednesday, 26 September 2018 03:32 am, Nepal

आर्थिक अभावले आठ वर्षदेखि शरीरमा छर्रा

मेचीकाली : 2012-02-19 14:47:37


सुर्खेत, ७ फागुन : तत्कालीन नेकपा (एमाओवादी)द्वारा सञ्चालित सशस्त्र प्रदर्शनका क्रममा आठ वर्षअघि गोलीको छर्रा लागि घाइते भएका जाजरकोट डाँडागाउँ–९ का दुई युवकले आर्थिक अभावका कारण अहिलेसम्म शरीरमा रहेका छर्रा निकाल्न सकेका छैनन् ।

डाँडागाउँका—९ का २३ वर्षीय बलराम नेपाली र सोही ठाउँका मकददुल परियारले शरीरका रहेका छर्रा निकाल्न नसक्नुभएको हो । नेपालीलाई आठ वर्षअघि बेनी आक्रमणका क्रममा छर्रा लागेको थियो ।  

यसैगरी परियारले चितवनको जौँबारी भिडन्तमा शरीरको पुठ्ठामा लागेको छर्रा निकाल्न नसक्नुभएको हो ।

‘बेनी घटनामा नेपाली सेनाले हानेको गोलीको छर्रा बलरामको शरीरको दुई ठाउँमा लागेको छ । यसको उपचार आर्थिक अभावले गर्न सकिएन र सहयोग गरिदिने पनि कोही भएन’–नेपालीले भन्नुभयो ।

शरीरको बाँया तिघ्रा र दाँया कुममा गोलीका छर्रा रहेको नेपालीले बताउनुभयो । उहाँहरु उपचारको खोजीमा हुनुहुन्छ ।

‘युद्धमा जाँदा उत्साह थियो, फर्कंदा अशक्त जीवन ल्याएर फर्कियो, जसका कारण घर न घाटको भइयो’–परियारले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु