Sunday, 19 August 2018 09:25 pm, Nepal

तेह्रथुमको बासपानी गाउंमा भीषण आगलागी

मेचीकाली : 2012-02-15 19:35:34


तेह्रथुम, ३ फागुन : तेह्रथुमको ओख्रे–५ स्थित वाँसपानी गाउँमा भीषण आगलागी भएको छ । नजिकैको जंगलबाट सल्किएको आगो गाउँमा फैलिदा अहिलेसम्म ३ वटा घर जलेर नष्ट भएका छन् भने पुरै गाउँ जोखिममा परेको छ । प्रहरी र स्थानीयबासीको सहयोगमा आगो निभाउने प्रयास गरिएपनि नियन्त्रणमा आउन सकेको छैन ।

गाउँ नजिकै रहेको बाह्रविसे जंगलमा हिजो साँझ सल्कीएको आगो आज वस्तीमा फैलिएको स्थानीयबासीले बताए ।

आगो नियन्त्रणका लागि शुक्रवारे र ओख्रेबाट खटिएको प्रहरी टोलीले /गाउँको चारैतिर रहेको जंगलमा आगो फैलिएकाले नियन्त्रण गर्न सक्ने अवस्था नरहेको जनाएको छ । गाउँको चारैतिरबाट आगो सल्किएकाले गाउँलेहरु घर छाडेर सुरक्षीत स्थानतर्फ गईरहेको स्थानीय भगवती उच्चमाविका प्रधानाध्यापक श्रीमान वस्नेतले बताउनुभयो ।

सदरमुकामबाट ७ घण्टा पैदल दुरीमा रहेको सो गाउँमा पानीको अभाव भएकोले पनि आगलागि नियन्त्रणमा कठिनाई भईरहेको शुक्रवारे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक ललित वस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु