dashain
Wednesday, 17 October 2018 12:42 am, Nepal

भान्छा छोएको आरोपमा दुई दलित कुटिए

मेचीकाली : 2012-01-18 14:52:18


बाजुरा, ४ माघ : बाजुरा जिल्लाको पूर्वोत्तर एक गाविसमा चुल्हो छोएको आरोपमा मङ्गलबार दुई दलित कुटिएका छन्    । दलित दलितबीचमै उपल्ला जातिको नाममा झगडा भएको हो । घाइते दुवैजनाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    जिल्लामा दलित र गैरदलितबीच भइरहेको जातीय विभेद अन्त्यका लागि चर्का आवाज उठिरहँदा सो घटनाले दलित समुुदायबीचमै छुवाछुत प्रथा कायम रहेको तथ्य खुलेको छ ।

    यही माघ १ गते राति वाई गाविस–५ मा बसोवास गर्ने दलित–दलितबीचको जातीय विभेदको सो घटना भएको हो ।  

    जुकोट–६ का महने कडाराका छोरा धन्नाम र स्थानीय खैरे लवारकी छोरी पार्वतीको बिहेको जन्तीभोजका लागि पकाइएको खाना नेपाली जातका व्यक्तिले छोएको निहुँमा आपसी विवाद र कुटाकुट भएको हो ।

    बिहेको भोजका लागि पकाइएको खाना छोएको भन्दै लवार समुदायले स्थानीय धर्म नेपाली र जङ्ग नेपालीलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेको हो ।

    तल्लो जातको भएर पनि आफ्नो भोजको भान्छा छोएको भन्दै आफूहरुलाई कुटपिट गरेको स्थानीय धनबहादुर नेपालीले बताएका छन् ।

    पीडितले जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरीसहित आज उजुरी दिएको  जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु