dashain
Wednesday, 17 October 2018 12:47 am, Nepal

चितवन जेल प्रकरण : को हुन् शिव र गोपी पौडेल ?

एजेन्सी : 2011-12-17 18:51:27


- नारायण अधिकारी

चितवन, २ पुस : चितवन कारागारमा भएको आक्रमणमा परेर मारिएका शिव पौडेल चितवनको भरतपुर नगरपालिका–१० स्थित इन्द्रचोकका स्थायी बासिन्दा हुन् । उनी तीन भाइमध्येका माहिला हुन् । भरतपुरकै  नारायणी माविबाट अध्ययन सुरु गरेका पौडेलले नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका हुन् ।

उनी यस क्षेत्रका निर्माण व्यवसायी पनि हुन्  । पौडेल र उनका साथीहरुको समूहले यहाँका ढाट, सडक र स्थानीय निकायमा हुने अधिकांश ठेक्कापट्टाको काम गर्दथे ।

    ठेक्कापट्टासँगै ३५ वर्षीय पौडेलले यहाँका युवाबीच एक किसिमको नेताको छवी समेत बनाएका थिए । २०५५ सालमा तरुण दलको जिल्ला सदस्य, उपाध्यक्षहँुदै दुई वर्षअघि उनी तरुण दल चितवनका अध्यक्ष भएका हुन् ।

    कम उमेरमै नेपाली काँग्रेसको राजनीतिमा राम्रो छाप बनाएका र विभिन्न किसिमका ‘काम’बाट राम्रो पैसा आर्जन गर्न सफल पौडेलका अघिपछि दर्जनांै युवा हिँड्ने गर्दथे ।

    शिवका भाइ गोपी पौडेल दाइसँगै ठेकेदारी काम पनि गर्दथे । चार वर्षअघि अर्को समूहसँग ठेक्कापट्टाका विषयमा ‘कुरा नमिल्दा’ उनका भाइ गोपी पौडेलको भरतपुरमै हत्या भएको थियो । भाइको हत्या अभियोगमा त्यतिबेला एमाले निकटको भ्रातृ सङ्गठनका दुई दर्जन युवा आरोपी थिए । तीमध्ये एक दर्जन अहिले पनि भरतपुर कारागारमा कैद भुक्तान गर्दैछन् ।

    यी दुई भाइ शिव र गोपीको एउटै कारण र एउटै समूहका युवाद्वारा हत्या भएको हो ।

    अर्कोतर्फ गत भदौमा चितवनकै केराबारीमा हत्या गरिएका युवा सङ्घका सदस्य सञ्जय लामा हत्याको अभियोगमा तरुण दल चितवनका अध्यक्ष शिव पौडेलसहित सात जना पुर्पक्षका लागि थुनामा रहेका थिए ।

    पुरानो रिसीइवी भएका दुई समूह एकै स्थानमा राखिँदा कारागारमै अकल्पनीय घटना भएको हो । कारागार स्रोतका अनुसार गोपीको हत्या अभियोगमा थुनामा रहेका अर्को समूहका युवाले शिव पौडेललगायत पाँच जनामाथि पानी तान्ने पम्पको ह्यान्डिल, तावा, पनिउँ, कोदालो र बन्चरोको बिँडले हानेर गम्भीर घाइते बनाएका थिए । ‘ग’ ब्लकमा सुतिरहेका शिव पौडेलसहितका पाँच जनालाई ‘क’ ब्लकमा सुत्ने युवा सङ्घ निकटका थुनुवाहरुले आक्रमण गरेका हुन् । कारागार प्रशासनले बिहान पौने ६ बजे घटना भएको दाबी गरेको छ ।

    यसअघि कारागार बाहिरै रहँदा पनि यी दुई समूहबीच पटकपटक झगडा हुँदै आएको थियो । अवैध काम गर्ने व्यक्तिहरुबाट असुलिने रकमका विषयमा ‘कुरो नमिले’पछि पछिल्लो एक वर्षयता यी दुई समूहबीचमा तीव्र विवाद हुँदै आएको जानकारहरु बताउँछन् ।

    अहिले पनि यी समूहका व्यक्तिहरु एकले अर्कालाई जहाँ भेट्यो त्यहीँ सिध्याउने रणनीतिमा लागेका थिए । घटनामा संलग्न दुवै पक्षका युवाहरु चितवनकै स्थायी बासिन्दा भएकोले पनि चितवनको शान्ति सुरक्षा सुदृढ गर्न प्रहरी प्रशासनलाई निकै चुनौति देखिएको थियो ।

    तरुण दलका पौडेलको समूह र नेपाली काँग्रेस चितवनका सभापति विकास कोइराला फरक समूहको प्रतिनिधित्व गर्दथे । त्यसै कारण पनि एक कार्यक्रममा आफूसँगै रहेको भनी कोइरालाले बोल्न नमानेपछि लामा हत्या अभियोगमा पौडेल कारागार जानु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु