dashain
Monday, 15 October 2018 04:59 pm, Nepal

पढ्न गएका बालक बेपत्ता

मेचीकाली : 2011-12-13 13:57:43


राजविराज, २७ मंसिर : पढ्न जान्छु भनी हिँडेका यहाँका एक बालक सोमबारदेखि बेपत्ता भएका छन् ।राजविराज –१ निवासी अरबिन्दकुमार साहका छोरा १३ वर्षीय कुन्दन सेठ कोचिङ्ग पढ्न भनी घरबाट हिँडेकोमा घर नफर्केको परिवारका सदस्यले जानकारी दिएका छन् ।अहिलेसम्म पनि उनी घरपरिवारको सम्पर्कमा नआउँदा बेपत्ता भएका हुन सक्ने उनका बुबा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक अरबिन्दकुमार साहले बताउनुभयो ।

छोरालाई खोजिदिन उहाँले सबैसँग सहयोगको आग्रह गर्नुभएको छ ।राजविराजस्थित ह्याप्पील्याण्ड उच्च माविमा कक्षा ८ मा अध्ययनरत बालक सोमबार बिहान ६ बजे घरबाट निस्केका थिए ।

    यसैगरी राजविराज ६ निवासी एकल महिला समूह, सप्तरीकी सचिव अनिता देवकोटाका छोरा २० वर्षीय अस्मित देवकोटा गत मङ्सिर १७ गतेदेखि बेपत्ता भएको परिवारजनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु