Wednesday, 20 June 2018 01:59 am, Nepal

न्वारनको भोज खादा ५० भन्दा वढि विरामी

मेचीकाली : 2011-12-12 14:19:29


कपिलबस्तु, २६ मंसिर : कपिलवस्तुको मोतिपुर गा.वि.स वडा नं ७ मधुवनमा न्वारनको भोज खाँदा ५० जना भन्दा वढि विरामी परेका छन । स्थानीय नरवहादुर रानाको नातीनीको न्वारान संगै भातख्वाई कार्यक्रममा बनाइएको खाना खाँदा उनीहरु विरामी परेका हुन् । आफुहरुले भोज खाने क्रममा मासू, पलाउ र अचार खाएको र त्यसपछि वान्ता हुने, पखाला लाग्ने र टाउको दुख्ने लक्षण देखा परेको विरामीहरुले वताएका छन् ।

भोज खाइसकेपछि साझवाट गाँउका सवैजना विरामी पर्न थालेको स्थानीयवासि यमकला थापाले वताउनुभयो । विरामीहरुमा झाडापखाला तथा टाउको दुख्ने जस्ता लक्षणहरु अझैपनि देखिएको अस्पतालले जनाएको छ । बिरामी हुनेमा ४ वर्षका वालवालीका देखि ५० वर्ष  उमेरसम्मका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु