dashain
Wednesday, 17 October 2018 12:41 am, Nepal

जीप दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु

मेचीकाली : 2011-11-11 13:49:17


डोटी, २५ कात्तिक : डडेलधुराबाट यात्रु बोकेर  धनगढीतर्फ आउँदै गरेको जीप डोटीको बुडर भन्ने स्थानमा दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तीमा ४ जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएको बताइएको छ । स्थानीयबासीले ४ जनाको शव फेला परेको बताएका छन् । से १ ज ३४१ नंवरको जीप सडकबाट झण्डै ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थलमा केहीबेरअघि पुगेको प्रहरी टोलीले जीप हिजो राती नै खसेको अनुमान गरेको छ । अहिले उक्त स्थानमा प्रहरी र स्थानीयबासी मिलेर  घाइतेको उद्धार जारी राखेका छन् । यसैबीच सुनसरीको झुम्कामा हिजो बिहान भएको ट्याक्टर दुर्घटनामा मृत्यु भएका १८ जनाको आज सामूहिक दाहसंस्कार गरिँदैछ । हिजो बराह क्षेत्रमा मेला भर्न जाँदै गरेको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका सबैको धनुषाको सिर्सिया गाविसस्थित स्थानीय जलाध नदीमा आज दिउँसो अन्तिम संस्कार गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु