Friday, 17 August 2018 10:31 pm, Nepal

भकुण्डेमा भकुण्डे महोत्सव सुरु, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

मेचीकाली : 2011-10-22 16:46:29


बागलुङ–जिल्लाको पर्यटकीय क्षेत्र भकुण्डेमा शुक्रबारदेखि भकुण्डे महोत्सव सुरु भएको छ ।  कला, संस्कृति र पर्यटनको विकास हाम्रो अभियान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भकुण्डेको पहिचान भन्ने मूल नाराका साथ आयोजना गरिएको सो महोत्सवले पर्यटन वर्ष २०११ लाई सफल पार्नका लागि सहयोग पुग्ने आयोजकले विश्वास लिएका छन् । स्थानीयस्तरमा आफ्नो स्रोत र साधनको उपयोग गरी सुरु गरिएको सातदिने सो महोत्सवमा रु ३० लाखको कारोबार हुने महोत्सव मूल आयोजक समितिका संयोजक धनीप्रसाद शर्माले बताउनुभयो ।  

    समुद्री सतहबाट करिब दुई हजार फिटको उचाइमा रहेको ठूलाताल खेल मैदानमा आयोजना गरिएको सो महोत्सवमा विभिन्न स्थानीय उत्पादन, कृषि तथा औद्योगिक प्रदर्शनीलगायत व्यावसायिक स्टलहरु राखिएका छन् ।

    पर्यटन क्षेत्र विकास समिति भकुण्डेको आयोजना तथा जिल्ला विकास समिति बागलुङ र भकुण्डे गाविसको सहआयोजनामा सञ्चालित महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने आयोजकको लक्ष्य रहेको छ ।

    दुई दर्जनभन्दा बढी उच्च हिम श्रृङ्खलाको अवलोकन गर्न सकिने भकुण्डे गाविसमा सञ्चालन भएको होमस्टे, महोत्सवको प्रमुख आकर्षणको केन्द्रबिन्दु हुने आयोजकले बताएका छन् ।

    आयोजकका अनुसार भकुण्डे गाविस वडा नं. १ देखि ४ सम्मका करिब ४०० घरमा महोत्सवका लागि आउने पर्यटकलाई खाने र बस्नेको व्यवस्था मिलाइएको छ ।

यो विषयका प्रतिक्रियाहरु

khadga lama:Oct 25, 2011 02:06:24 PM

कहाँको भकुन्डे हो यो ? काभ्रेको हो कि बग्लुन्ग्को हो केहि स्पस्ट छैन खबरमा.

कृष्ण गोपाल श्रेष्ठ:Oct 24, 2011 12:22:08 PM

महत्सोब कहिले देखि कहिले सम्म हो नि कृष्ण गोपाल श्रेष्ठ \" फशी\" पनौती-२, काभ्रे नेपाल

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु