dashain
Saturday, 20 October 2018 06:04 am, Nepal

नेपाली सेनाको विमान दुर्घटना, सबै ६ जनाको मृत्यु

मेचीकाली : 2011-10-19 07:37:06


ठूलो आवाज सहित विष्फोट

बाग्लुङ, २ कात्तिक : नेपालगञ्जबाट बिमारी लिई काठमाडौंका लागि उडेको नेपाली सेनाको आर.ए.एन ४९ आईलेण्डर बिमान दुर्घटनामा विमानमा सवार सबै ६ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकजना पुरुषको शव चिनिने अवस्थामा छ ।विमान सदरमुकाम देखि ३६ कोष पश्चिममा रहेको बोबाङको ढोरपाटन नजिकको चौधुल धुरी भन्ने स्थानमा मंगलबार बेलुकी सवा सातबजे दुर्घटना भएको प्रहरी नायव उपरीक्षक उमाप्रसाद चर्तुवेदीले बताए ।

अहिले सम्म प्रहरीले चार जनाको शब फेला पारिसकेको छ ।

विमानमा चालक दलका मेजर दिवाकर कार्की र विशाल सिंह राठोर थिए । त्यस्तै विरामी केशव ऐरी, विरामीका दाइ रामबहादुर ऐरी, डा. रविता पाठक र मिलन गोतामे विमानमा रहेका थिए ।

स्थानीय दिपक थापाले साँझ ७ बजेर ६ मिनेट जाँदा ठूलो आवाज आएर आगो बलेको देखेपछि प्रहरीलाइ खवर गरेका थिए । सेनाको आरएएन ४९ विएन २ टी मंगलवार साँझ ७ बजेर ६ मिनेट जाँदा दुर्घटना भएको अनुमान सेना र प्रहरीले गरेपछि थापाले बताएको स्थानमा प्रहरी परिचालन गरिएको थियो । बुधबार विहान घटनाको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर ढोरपाटन पुगेको छ । ढोरपाटन प्रहरी चौकी देखि घटनास्थल थप साढे दुइ घण्टाको पैदल यात्रा गर्नुपर्छ ।

दुर्घटना स्थल बागलुङ जिल्लाको उच्च पहाडी स्थल हो । उक्त स्थानमा राति १२ बजे उद्धारका लागि गएको प्रहरी पुग्दा जहाजका टुक्रा, मेजर दिवाकर कार्कीको परिचयपत्र सहितको झोला र एकजनाको शव फेला पारेको थियो । उक्त स्थानमा हिउँ परेको तथा कुहिरोले ढाकेकोले उद्धार कार्यमा कठिन भएको चर्तुवेदीले बताएका छन् । बिहान नेपाली सेनाको हेलिकोप्टर त्यस तर्फ प्रस्थान गरेको छ ।

स्थानीय लालकुमारी थापाले उक्त विष्फोट पछि आगो बलेको देखेको बताइन् ।  ठूलो आवाज सहित विष्फोट भइ आगो बलेको थाहा पाएपछि उनीहरुले प्रहरीमा खवर गरेका थिए ।

यो विषयका प्रतिक्रियाहरु

kiran:Oct 19, 2011 01:17:27 PM

नेपालको बिमानहरु किन यसरि पद्किन्चन र सरकारले पनि किन राम्रो खालको हवाई उडान गर्न को लागि विचार गर्दैन क नेपाली हरु सडक र बिमान क्रेश बताई मारी शकने हो ?

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु