dashain
Monday, 15 October 2018 04:40 pm, Nepal

डाक्टरको लापर्वाही : पानीको फोकासँगै मिर्गौला पनि फालियो

मेचीकाली : 2011-10-18 08:52:58


चितवन, १ कात्तिक : चितवन मेडिकल कलेज भरतपुरका चिकित्सकले बिरामीको पेटको शल्यक्रिया गर्दा पानीको फोकोसँगै फियो र मिर्गौला पनि फ्याँकेका छन् । एपेन्डिक्स र पेटमा पानी जमेपछि उपचारका लागि अस्पताल भर्ना भएकी चितवन गीतानगर– ९, पारसनगरकी ७३ बर्षीया टीकादेवी लामिछानेको फियो र देब्रे मिर्गौला चिकित्सकले फ्याँकिदिएका हुन् । लामिछानेको अहिले चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।

लामिछानेलाई भदौ पहिलो साता भरतपुर अस्पतालमा परीक्षण गराउँदा पानी जमे पनि तत्काल मिर्गौला फ्याँक्नु नपर्ने चिकित्सकले बताएका थिए । गत भदौ २० गते पेट दुखेपछि उनलाई फेरि भरतपुर अस्पताल भर्ना गरियो । त्याहाँ अपरेशन ढिलो हुने भएपछि उनलाई असोज ९ गते चितवन मेडिकल कलेज भर्ना गरिएको थियो । भोलिपल्ट नै उनको पेटको शल्यक्रिया भएको अस्पताल रिपोर्टमा उल्लेख छ । शल्यक्रियापछि असोज १५ गते अस्पतालबाट डिस्चार्ज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु