Tuesday, 21 August 2018 07:54 am, Nepal

अवैध गर्भधारण गराउने पक्राउ

मेचीकाली : 2011-10-10 08:20:28


पर्वत, २३ असोज : आफन्त नाता पर्ने महिलालाई अवैध गर्भधारण गराएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पर्वतको पाङ–६ का २० वर्षीय तीर्थबहादुर बिकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । बिकले सोही ठाउँकी ३० वर्षीया माया बिकलाई अवैध गर्भधारण गराएको बताइएको छ । मामाको छोरा (भाइ) नाता पर्ने तीर्थको गर्भधारण गरेकी मायाले तीन दिनपहिले ६ महिनाको मृत शिशुलाई जन्म दिएकी थिइन् ।

    मायाको प्रहरी नियन्त्रणमा पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । श्रीमान् विदेशमा भएको बेला परपुरुषसँग सहवासबाट गर्भधारण गरेकी मायालाई पेट दुखेको बताएपछि उपचारका लागि लैजाने क्रममा मृत शिशु जन्माएको स्थानीयवासीले जानकारी दिएका छन् ।

    पक्राउ परेका तीर्थले आफू र मायाका बीचमा सहवास भएको स्विकार्दै गर्भ रहेकोबारे मायाले जानकारी नदिएको बयान प्रारम्भिक सोधपुछका क्रममा प्रहरीलाई दिएका छन् । मायाका पति भने आठ वर्षसम्म रोजगारीका लागि विदेशमा रहेका थिए । उनी दुई महिनापहिले मात्र घर फर्केका हुन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु