dashain
Monday, 15 October 2018 04:39 pm, Nepal

अश्लील भिडियो छ्याप्छ्याप्ती

मेचीकाली : 2011-10-06 16:52:29


जुम्ला, १९ असोज : अश्लील भिडियोका क्लिपहरु सङ्कलन गरिएका अवैध सिडी बजारमा छ्याप्छ्याप्ती बिक्री वितरण हुन थालेका छन् । सदरमुकामका केही सिडी तथा क्यासेट पसलमा यस्ता अश्लील नेपाली सिडीको किनबेच हुने गरेको छ । विदेशी अश्लील भिडियो केही मात्रामा बिक्री हुँदै आएकामा पछिल्लो समयमा निस्किएका केही नेपाली भिडियोहरू सङ्कलन गरी पसलहरुमा नै सिडी कपी गरेर बिक्री गर्ने गरिएको हो ।

    सेलीब्रेटीदेखि सामान्य व्यक्तिका यौनक्रीडाका दृश्य भएका सिडी बिक्रेताले रु ५० देखि रु ८० सम्ममा बिक्री गर्ने गरेका छन् ।

    सिडी खोल्नासाथ मुखपृष्ठमा नम्रता डिजे तान्त्रिक लेखिएको सिडीको व्यापार अधिक रहेको एक सिडी पसलेले बताए ।

    एउटा सिडीभित्र २५ देखि ३० वटा अश्लील दृश्य छन् । विदेशीको तुलनामा नेपाली भिडियो महंँगोमा बिक्ने गरेको उनले बताए ।

    पहिले–पहिले विदेशी सिडी अत्यधिक बिक्री हुने गरे पनि हाल नेपाली सिडीको बिक्री बढी भएको पसले बताउँछन् ।

    यसरी लुकीछिपी बिक्री हुँदै आइरहेको सिडीको कभरमा कुनै नाम अथवा सङ्केत केही पनि लेखिएको पाइंँदैन । अश्लील सिडी किन्नेमध्ये अधिकांश किशोरावस्थाका केटाकेटी हुने गरेको पसलेहरू बताउँछन् ।  

    यसैगरी मोबाइल पसलमा गीत राख्नेमा पनि यस्तै अश्लील सिडीको माग बढ्दो छ । एक पसलेले भने– ‘केटामात्र नभई केटीहरुले पनि साँझको मौका छोपी ‘देउडा झ्यामझ्याम हाल्दिनुहोस्’ भन्छन् झ्यामझ्याम भनेको पनि अश्लील हो भन्ने बुझ्नुपर्छ’– उनले थपे ।

यो विषयका प्रतिक्रियाहरु

sujal:Oct 6, 2011 05:43:38 PM

यो NEWS त REAL हो हिजो आज येस्तई ६

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु