Wednesday, 20 June 2018 01:40 am, Nepal

दशै लगत्तै सेना समायोजन प्रक्रिया टुंगोमा पुग्ने सम्भावना बढेको : वर्षमान पुन

मेचीकाली : 2011-10-06 14:38:06


रोल्पा, १९ असोज : अर्थमन्त्री वर्षमान पुनले दशै लगत्तै सेना समायोजन प्रक्रिया टुंगोमा पुग्ने सम्भावना बढेको बताउनुभयो । दशैंको अवसरमा गृह जिल्ला रोल्पा पुग्नुभएका मन्त्री पुनले आज बिहान सञ्चारकर्मीसंग कांग्रेस, एमाले र मधेवादी दलहरुसँग नम्र्स, मोडालिटी, संख्या र प्याकेजमा जानेका बारेमा सहमति भइसकेकाले दशैं लगत्तै रिग्रुपिङ गर्ने तयारी भएको जानकारी दिनुभयो ।

७ देखि ८ हजार लडाकु नेपाली सेनामा समायोजन गर्ने सहमति भएको भन्दै पुनले पुनस्र्थापनामा जाने लडाकुलाई ७ देखि १० लाखसम्म राहत दिने तयारी भएको बताउनुभयो । समायोजनमा जाने लडाकुको वैवाहिक अवस्था, उमेर र शैक्षिक अवस्था तथा स्वैच्छिक अवकाशका बारेमा पनि दलहरु सहमति नजिक पुगेको जानकारी दिनुभयो । वर्तमान सरकारले नै संविधान निर्माण गरी नयाँ निर्वाचन गराउने दाबी गर्दै मन्त्री पुनले बाबुराम भट्टराई नेतृत्वको सरकार असफल भए अब बन्ने कुनै सरकारले पनि शान्ति र संविधानलाई निष्कर्षमा नपु¥याउने ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु