dashain
Wednesday, 17 October 2018 07:16 am, Nepal

तारा एयरको जहाज लुक्लामा दुर्घटना, मानवीय क्षति भएन

मेचीकाली : 2011-10-06 13:22:22


लुक्ला, १९ असोज : तारा एयरको ९ एन एआइभी पिलाटस् पोर्टर जहाज लुक्लामा आज दिउँसो दुर्घटना भएको छ । रामेछापबाट कार्गो लिएर उडेको तारा एयरको जहाज आज दिउँसो १२ः१५ बजे दुर्घटना भएको हो । लुक्ला विमानस्थलमा अवतरणको क्रममा विमान अनियन्त्रित भई रनवेबाट होटल लाभिलाको १५ मिटर टाढा रहेको गेटमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    जहाज पूर्णरुपमा क्षतिग्रस्त भए पनि क्याप्टेन कोष थापा भने सकुशल रहेको लुक्ला उड्डयन प्राधिकरणले जनाएको छ ।     गत साल पनि लुक्ला विमानस्थल नजिकै सीता एयरको जहाज दुर्घटना भएको थियो । सो जहाज अभैm पनि विमानस्थलमा थन्किएको छ । 

   रनवे पर्याप्त नभएको कारण लुक्ला विमानस्थलमा पटक–पटक जहाज दुर्घटना हुनेगरेको विज्ञहरुको भनाइ रहेको छ ।     अहिलेसम्म लुक्लाका लागि उडेका जहाजहरु पाँचवटा दुर्घटना भएका छन् । तारा एयरको जहाज दुईवटा, अग्नी एयरको जहाज दुईवटा र सीता एयरको जहाज एकवटा दुर्घटनामा परेका छन् ।     लुक्ला विमानस्थल जहाज अवतरण गर्न नेपालकै पहिलो खतरनाक विमानस्थल हो भने विश्वको सातौंँ खतरनाक विमानस्थल मानिन्छ ।

यो विषयका प्रतिक्रियाहरु

sujal :Oct 6, 2011 05:41:02 PM

प्लान क्रेश को दिन सुरु वयेको हो कि क्या हो? समाचारले दुखि बनायो.
दामी ६ PAGE

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु