Wednesday, 18 October 2017 11:28 am, Nepal

कोशीमा फेरि कटान

मेचीकाली : 2011-09-27 11:17:18


सुनसरी, १० असोज : अत्याधिक पानीको बहावका कारण कोशी नदीले पुर्वी तटबन्धको स्पर कटान शुरु गरेको छ । सुनसरीको प्रकाशपुरस्थित स्पर नम्बर २५ दशमलव २५ नजिकै नदीले ५ मिटर कटान गरिसकेको कोशी व्यारेज अधिकारीले बताएका छन् । मनसुन सकिनै लाग्दा पनि कोशी नदीमा पानीको सतह यस बर्षकै उच्च विन्दुमा पुगेको छ । 

 

कोशी नदीमा अहिले पानीको बहाव २ लाख ६९ हजार ७५ क्युसेक पुगेको ब्यारेजका प्राविधिकहरुले जनाएका छन् । गत साउन भदौमा कोशी नदीमा पानीको बहाव २ लाख ३४ हजार क्युसेक मात्र थियो । यद्यपी गत वर्षको तुलनामा यो बहाव कम भएको अधिकारीहरुले बताएका छन् । 

गत वर्ष कोशी नदीमा पानीको बहाव ३ लाख ४० हजार क्युसेकसम्म पुगेको थियो ।  सतह बढेपछि अहिले कोशीका ५६ मध्ये ३४ ओटा ढोका खोलिएका छन । दशै लाग्दा समेत पानीको बहाबमा उच्च बृद्धि भएपछि कोशी नदी आसपासको गाँउका स्थानियवासी त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु