dashain
Monday, 15 October 2018 04:41 pm, Nepal

एउटै गाविसका तीन मन्त्री

मेचीकाली : 2011-09-16 19:52:55


सप्तरी, ३० भदौ : वर्तमान मन्त्रिपरिषद्मा सप्तरीको एउटै गाविसबाट तीनजना मन्त्री बन्नुभएको छ ।    त्यसमा पनि दुईजना एकै वडाका वासिन्दा हुनुहुन्छ भने दुबैजनालाई एउटै पार्टीबाट मन्त्री बन्ने संयोग जुटेको छ । वर्तमान सरकारमा सप्तरीको कञ्चनपुर गाविसबाट तीनजना मन्त्री बन्न सफल भएका छन् ।

    सूचना तथा सञ्चार मन्त्री जयप्रकाश प्रसाद गुप्ता, कृषि तथा सहकारी मन्त्री नन्दन दत्त र वातावरण मन्त्री हेमराज तातेड वर्तमान सरकारमा रहनु भएको छ । उहाँहरुमध्ये गुप्ता र दत्त कञ्चनपुर गाविस वार्ड नं १ का हुनुहुन्छ भने तातेड वडा नं ८ का बासिन्दा हुनुहुन्छ ।

    सञ्चार मन्त्री गुप्ता मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष र दत्त सोही पार्टीका नेता हुनुहुन्छ भने तातेड मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का नेता हुनुहुन्छ ।

    गुप्ता संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट र तातेड क्षेत्र नं. १ बाट निर्वाचित सभासद् हुनुहुन्छ भने दत्त समानुपातिकबाट सभासद् बन्नु भएको हो ।

    सम्भवतः नेपालमा यसरी पहिलोपटक एकैपटक मन्त्रिपरिषद्मा एकै गाविसका तीनजना मन्त्री भएकामा गाउँलेहरु हर्षित भएका छन् ।  

    ‘हाम्रै गाविसबाट तीनजना मन्त्री बन्नुहुन्छ भने सोचेको पनि थिएनौं, यसमा हामी अत्यन्तै गौरवान्वित भएका छौं’ कञ्चनपुर गाविस–५ निवासी अरविन्द साह भन्नुहुन्छ ।

यो विषयका प्रतिक्रियाहरु

papau:Mar 12, 2016 04:40:12 PM

मन्त्रि भएर के गर्नु ? राना कालमा जे बिकाश भयो भयो , बहुदल पछि अहिले सम्म केहि विकास भाछैन , लुट्नु र चुस्नु मात्र त हो राज्यको ढुकुटी

m.k.c.:Apr 11, 2013 02:27:10 PM

के गर्ने मन्त्रि धेरै बने तर कंचनपुर देखि फत्तेपुर हुदै बेल्टार जाने बाटो अहिले सम्म भनेको छैन त्यस्तालाई के मन्त्रि भन्ने सब सभासद मन्त्रीहरु खाली आफ्नो खल्ती र राज्यको ढुकुटी मात्र सिध्याँउन लागेको छ . आफनो देश र गाऊ बाटो प्रति कसैको मतलव चासो छैन यसमा म पशुपतिनाथ भगवान संग यहि प्रार्थना गर्छु कि यी भनौदो मन्त्रि र सभा सदहरुलाई बुद्धि दिनुहोला . जय होस्

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु