dashain
Wednesday, 17 October 2018 12:39 am, Nepal

महिलामाथि सामूहिक बलात्कार

मेचीकाली : 2011-09-07 07:51:03


जुम्ला, २१ भदौ : डिल्लीचौर गाविस–५ जुम्लाकी एक महिला पाटनमा जडीबुटी खोज्न जाँदा आफ्नै पालमा बसिरहेको समयमा बलात्कारको सिकार बनेकी छिन् ।डिल्लीचौर–५ को लाभ्री गाउँबाट बुढा थरको दम्पती  करिब दुई दिन लाग्ने चोप्टे पाटनमा भुल्ते र कटुकी लिन  गएकामा श्रीमती हालै बलात्कारमा परेकी हुन् ।श्रीमान् दिउँसो भल्ते लिन गएका र श्रीमती पालमा खाना पकाउन बसिरहेका बेला  पाँचजनाको समूहमा आएका युवा पालभित्र पसेर ती महिलालाई पालैपालो  बलात्कार गरी फरार भएका थिए ।

    फरारमध्ये पातराशि–१ तल्फीका बलबहादुर र सुरबहादुर सार्की तथा पाताराशि–२ का  लालबहादुर बोहरा नाम गरेका दुई गरी चारजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

    एकजना नाम नखुलेको व्यक्ति फरार रहेको जानकारी जिप्रका स्रोत जुम्लाले दिएको छ ।

    निज पीडित बुढालाई उक्त घटनाको समयमा टाउकामा बजारेकाले उनलाई मानसिक पीडा भएको छ भने पाठेघरमा ठूलो असर परेको छ ।

    पाँच सन्तानकी आमा बुढालाई उपचारार्थ नेपालगन्ज लगिएको छ । पीडितका आफन्त तथा परिवारजनले सो घटनाको उचित क्षतिपूर्तिको माग गरेका छन् ।

यो विषयका प्रतिक्रियाहरु

surya p regmi:Sep 10, 2011 09:15:37 AM

फटाहा हरु लाई आजिबन काराबास को सजाय दिनु पारछा
नत्र फासी को सजाय दिनु पर्ने हो के गर्ने नेपाल मा फासी को निएम नै छैन

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु