dashain
Monday, 15 October 2018 04:40 pm, Nepal

डाक्टरको अर्को लापर्वाही : पाठेघरभित्रै सेनिटरी प्याड !

मेचीकाली : 2011-08-23 20:50:22


मोरङ, ६ भदौ : कोसी अञ्चल अस्पतालमा साधारण सुत्केरी उपचार गराएर घर फर्केकी एक महिलाको पाठेघरभित्रबाट कुहिएको सेनिटरी प्याड निकालिएको छ । गत साउन २४ गते प्रश्रव वेदनाले च्यापेपछि सुत्केरी गराउन ल्याइएकी विराटनगर–११ मधुमारा बस्ने मनोज शाहकी श्रीमतीलाई सुत्केरी गराउनेक्रममा सेनिटरी प्याड गर्भमै छोडेर सिलाई गरिदिएको पाइएको हो ।

    कोसी अञ्चल अस्पतालमा सुत्केरी गराएर श्रीमतीलाई घर लिएर गए पनि श्रीमती  बिरामी हुन थालेपछि शङ्का लागि विराटनगर–१३ मा रहेको न्युरो अस्पतालमा उपचार गराउँदा सेनिटरी प्याड फेला परेको थियो । कोसी अञ्चल अस्पतालमा स्त्री रोग विशेषज्ञ रम्भा देवको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले श्रीमतीको सुत्केरी गराएको मनोजले बताए ।

    सो अञ्चल अस्पतालका प्रमुख डा उमाकान्त झाले गम्भीर गल्ती भएको स्वीकार्दै यसबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

    पीडित महिलाका श्रीमान् मनोजले दोषीमाथि कारबाही नभए अदालत जाने बताउनुभयो ।

यो विषयका प्रतिक्रियाहरु

Udum lama:Aug 28, 2011 04:35:32 PM

hola ni ta gus nakhyoya samma hoina ra

kalpana Upreti:Aug 28, 2011 02:22:28 PM

यस्ता डाक्टर लाए कडा भन्दा कडा सजाई दिनु पर्छ

dipak :Aug 24, 2011 03:50:10 PM

Kati barshako sajaya va ni 15 yrs.

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु