dashain
Wednesday, 17 October 2018 01:02 am, Nepal

डाक्टरको अर्को लापर्वाही : दमको रोगीलाई क्षयरोगको औषधी

मेचीकाली : 2011-08-23 11:11:22


-विरामीको मृत्यु

चितवन, ६ भदौ : केही समयदेखि डाक्टरको लापर्वाहीका कारण बिरामीले अकालमै ज्यान गुमाउनुपरेका घटना लगातार आइरहेको छ । अझ घाँटीको बिरामीको पाठेघर नै निकालेर फ्यालिएको घटना घटेको चितवनमा यस्ता लापर्वाहीका घटना धेरै हुने गरेको छ ।सोही क्रममा आज फेरि अर्का एक बिरामीले डाक्टरकै लापर्वाहीका कारण ज्यान गुमाउनुपरेको छ ।

दमकी बिरामी भरतपुर–४ कमलनगरकी ५७ वर्षीय पूर्णकली ढकालको गएराती मृत्यु भएको हो । चितवन मेडिकल कलेजका चिकित्सकले उनलाई क्षयरोगको औषधि दिएका थिए । उनलाई भदौ १ गते अस्पताल भर्ना गरिएको थियो । ४ गते अस्पतालबाट डिस्चार्ज गर्दा डाक्टरले दमको साटो क्षयरोगको औषधी दिएका थिए । सोही औषधी सेवन गरेपछि गम्भीर भएकी ढकाललाई हिजो पुन अस्पताल ल्याइएको थियो । उपचारको क्रममा राती उनको मृत्यु भएको हो । यद्यपि अस्पतालले भने उनको मृत्यु गलत औषधीको सेवनका कारण भए पनि डाक्टरको नभई फार्मेसीको लापर्वाहीका कारण भएको दाबी गरेका छन् । तर, मृतकका आफन्तले डाक्टरले नै गलत औषधी लेखिदिएको दाबी गरेका छन् । अवस्था तनावग्रस्त बन्ने देखिएपछि अहिले दुई पक्षबीच वार्ता भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु