dashain
Wednesday, 17 October 2018 12:41 am, Nepal

जडीबुटीले बनायो लखपति

मेचीकाली : 2011-08-16 17:08:25


जुम्ला, ३१ साउन : सदरमुकामदेखि झन्डै सात घन्टाको उकालोपछि भेटिने पटमारा गाउँ विकास समितिका किसान जडीबुटी खेतीतर्फ निकै आकर्षित भएका छन् । परम्परागत खेतीबाट भन्दा जडीबुटी खेतीबाट धेरै फाइदा हुने देखेपछि यहाँका किसानहरू यसतर्फ आकर्षित भएका हुन् ।

    सधँै आलु, मकै, जौंँ, कोदो, फापरजस्ता अन्नबालीको मात्र खेती गरिरहेका यस गाउँका मानिस झन्डै चार वर्षदेखि पूरा गाउँ नै सुगन्धवाल, कुट्की, अक्करकाँडा, उत्तिसजस्ता जडीबुटीको खेती गरी त्यसबाट मुनाफा लिइरहेका छन् ।

    किसान खेतीतर्फ लागेको बताउँदै भन्छन्– ‘जौंँ, कोदो, आलु लगाउँदा कहिले खडेरीले सखाप पार्ने कालीबहादुर थापा भन्नुहुन्छ परम्परागत खेतीबालीको उत्पादनमा कमी आएका कारण जडीबुटीको व्यावसायिक खेतीमा कहिले अत्यधिक वर्षाले सखाप पार्ने गन्थ्र्यो तर जडीबुटीलाई खासै असर नपर्ने रहेछ । हाम्रो मेहनत र पसिना खेर नजानेमा हामी ढुक्क छौँ ।’

    उहाँ अगाडि भन्नुहुन्छ– ‘गएको सालतिर त परिवार पाल्न पनि चिन्ता हुन्थ्यो तर अब कुनै चिन्ता लाग्दैन । जडीबुटीको खेतीले आत्मनिर्भर बनाएको छ ।’

    अर्का किसान डम्बर रावत भन्नुहुन्छ– ‘जडीबुटीबाट घरमै मानिस तथा भेँडाबाख्राको औषधि उपचार पनि गर्न सकिने भएकाले र दीर्घकालीनरुपमा आम्दानी गर्न सकिने भएकाले यसप्रति आकर्षित भइएको हो ।’

    सधँै विदेशी दातृ निकायले देलान् र खान पाइएला भन्ने आसमा बस्ने र परनिर्भर हुने आरोप लागेका यस क्षेत्रका बासिन्दामा अब परिवर्तन आएको र आफँै पनि केही गर्न सकिने रहेछ भन्ने चेतनाको जागरण भएको बताउँदै वृष रावत भन्नुहुन्छ– ‘कुनै एनजिओले चामल दिने भनेपछि हामी दिनभरि लगाएर भोकभोकै बजार जानुपर्दथ्यो र आउँदा कहिले रित्तै हात त कहिले उनीहरुले नापेर दिएको लिएर फर्कनु पर्दथ्यो ।’

    जडीबुटीको खेतीले महिला र पुरुषमा समानता ल्याएको बताउँदै धनमाया रावत भन्नुहुन्छ– ‘हामी महिला र पुरुषसँगै काम गर्ने र एकआपसका समस्यालाई मिलेर समाधान गर्छौं त्यसले हामीमा समानताको भावना जगाएको छ ।

    पुरुषको हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । गरिबीका कारण साक्षरता प्रतिशत एकदमै न्यून रहेको यहाँ अहिले आम्दानी राम्रो हुन थालेपछि छोराछोरीलाई विद्यालय पठाउन थालिएको रावतले बताइन् ।

    जडीबुटीबाट निकै फाइदा हुने देखेपछि आफूहरुले समूह–समूहमा आ–आफ्नो जग्गाको व्यवस्थापन, गरा सुधार, जग्गाको घेरबार गर्ने कार्य आफ्नै खर्चमा गर्ने गरेको र त्यसबाट आफ्नो जग्गाको सुधार भएको किसान कालीबहादुर थापा बताउनुहुन्छ ।

    पटमारा गाउँमा ३१२ हेक्टर जमिनमा सुगन्धवाल, कुट्की, अक्करकाँडा, उत्तिसजस्ता जडीबुटीको खेती गरिएको र गत वर्षमात्रै ओग्लेखोला कबुलियति वन समूहका सदस्यले १५ हेक्टर वन क्षेत्रमा मात्रै लगाइएको १२० किलोग्राम कुट्की बिक्री गरी रु ३० हजारको आम्दानी गरेका छन् भने जिल्लाभरि एक हजार ५०० सय हेक्टर जमिनमा ९२ वटा समूह गठन गरी जडीबुटीको खेती गरिएको छ ।

    पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजना (उपाप) र जिल्ला वन कार्यालय जुम्लाले २०६२ सालदेखि नै यहाँका किसानलाई कबुलियति वन उपभोक्ता समूह गठन गरी समूह सदस्यलाई ४० वर्षका लागि वन क्षेत्र कबुलियतिनामा दिई उनीहरुलाई जडीबुटी खेतीतर्फ अभिप्रेरित गर्दै आएपछि अहिले यस क्षेत्रमा जडीबुटीको व्यावसायिक खेती गर्न थालिएको हो ।

    जडीबुटी खेतीबाट प्रतिफल ढिलो आए पनि यसले राम्रो प्रतिफल दिने भएकाले अब जडीबुटी खेतीतर्फ किसानलाई अभिप्रेरित गर्दै जडीबुटीको परिणाममा वृद्धि गर्दै लगिने पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजनाका जिल्ला सहजकर्ता लक्ष्मीचन्द्र महतले बताउनुभयो ।

    जिल्लाको डिल्लीचौर गाविसको ल्हासीमा एक जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिएको छ ।

    नेपाल सरकारको रु २२ लाख र उपापको रु चार लाख २९ हजारको लागतमा केन्द्र स्थापना गरिएको हो । उक्त प्रशोधन केन्द्रको स्थापनापश्चात् यस क्षेत्रका जडीबुटी सङ्कलक, व्यवसायी र सरोकारबालालाई प्रत्यक्ष लाभ पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु