dashain
Monday, 15 October 2018 05:24 pm, Nepal

नाबालिकाको डुबेर मृत्यु, युवतीद्वारा आत्महत्या

मेचीकाली : 2011-08-16 12:55:03


सप्तरी, ३१ साउन : सप्तरीको रामपुर जमुवाकी एक नाबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।रामपुर जमुवा–३ बस्ने रमेश सदाकी तीन वर्षीया छोरी सतनाको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको पीडित परिवारका सदस्यले जानकारी दिएका छन् ।घरका ठूला मानिस खेताला गएका बेला घरनजिकै रहेको पोखरीमा डुबेर नाबालिकाको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।

यसैबीच, सप्तरीको सदरमुकाम राजविराजमा एक युवतीले आफ्नो जन्मदिनमै आत्महत्या गरेकी छिन् ।राजविराज–३ स्थित सगरमाथा अञ्चल अस्पतालको आवासमा आमा नर्स लीला क्षेत्री यादवसँग बस्दै आएकी १८ वर्षीया आरजुले गएराति आत्महत्या गरेकी हुन् ।

    आफ्नै कोठाको सिलिङमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको अस्पताल सुरक्षार्थ खटिएका प्रहरी पिन्टु परियारले जानकारी दिएका छन् ।

    यस्तै, सप्तरीमा दुई जनाले विषादी सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । प्रेमिकाले धोका दिएको भन्दै बरही बिरपुर–६ निवासी सत्यनारायण मेहताका छोरा १८ वर्षीय जनककुमार मेहताले विष सेवन गरेका हुन् ।

सागसब्जीमा छर्कने विषादी सेवन गरी सिकिस्त भएका मेहताको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान पठाइएको छ ।

यसैगरी श्रीमानसँग भएको सामान्य विवादमा नेङडा–३ बस्ने सुरेन्द्र यादवकी श्रीमती ३५ वर्षीया विभादेवी यादवले विष सेवन गरेकी छिन् ।

घरमा रहेको मुसा मार्ने विषादी सेवन गरी सिकिस्त भएकी यादवलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु