dashain
Monday, 15 October 2018 04:39 pm, Nepal

पहिरोमा परी पाँचजनाको मृत्यु, एकजनाको जीवितै उद्धार

मेचीकाली : 2011-08-14 15:57:15


सोलुखुम्बु,२९ साउन : सोलुखुम्बु जिल्लाको चौँरीखर्क गाविस–६ घाटमा गएराति पहिरो जाँदा पाँचजनाको मृत्यु भएको छ भने एकजनाको जीवितै उद्धार गरिएको छ । पहिरोले तेन्जिङ शेर्पाको एक घर र कुमारी तामाङको दुईवटा घर बगाउँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा कुमारी तामाङकी छ वर्षीया छोरी छिरिङ तामाङ र १० वर्षीया छोरी मिङमा तामाङ, सोही घरमा डेरा गरी बस्ने काँगेल गाविसकी २५ वर्षीया हिराकुमारी बस्नेत, निजकी बहिनी ११ वर्षीया मञ्जु खत्री र बस्नेतकी तीन महिनाकी छोरी रहेका छन् ।

    कुमारी तामाङलाई भने जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्यारेलाल लामाले बताउनुभएको छ ।

    घाइते तामाङको लुक्लास्थित पासाङ ल्हामु अस्पतालमा उपचार भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

    घटनास्थल विकट हिमाली क्षेत्रमा भएकाले उद्धार गर्न कठिनाइ भएको थियो । सदरमुकाम सल्लेरीबाट करिब १९ कोष उत्तरी क्षेत्रमा पर्ने सो ठाउँमा उद्धारको क्रम अहिले जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु