Sunday, 19 August 2018 09:24 pm, Nepal

छोरीहरुलाई खोलामा फ्याँकेर अपहरणको नाटक गर्ने बाबु हिरासतमा

मेचीकाली : 2011-08-12 13:49:27


पर्वत, २७ साउन : पर्वतमा अपहरणमा परेको भनिएका दुई स्कुले बालिकालाई उनकै पिता कृष्णप्रसाद तिवारीले जिउँदै खोलामा फ्याँकेर हत्या गरेको खुलासा प्रहरीले गरेको छ। प्रहरीले आज पत्रकार सम्मेलन गर्दै घटनाको प्रारम्भिक अनुसन्धान विवरण सार्वजनिक गरेको हो। प्रहरीका अनुसार तिवारीले छोरीहरुलाई मारेर आफूले पनि आत्महत्या गर्ने सोच बनाएको तर असफल भएपछि अपहरणको नाटक गरेको बयान दिएका छन्।

'राति सवा १० बजे छोरीहरुलाई खोलामा फ्याँकेको हुँ,' प्रहरीद्वारा आयोजित पत्रकार सम्मेलनमा तिवारीले अपराध स्वीकार्दै गरेको भिडियो प्रदर्शन गरिएको थियो। तीन छोरी भएको र श्रीमती विदेशमा भएकोले आर्थिक बोझ कम गर्न हत्या गरेको उनले बताएका छन्। 

बालिकाकी आमा रोजगारीको सिलसिलामा इजरायल छन्। बाबु पनि गत जेठमा मात्रै  इराकबाट आएका थिए। मध्यमवर्गीय परिवारका कृष्णप्रसादका तीन छोरी भए पनि अर्की छोरी नम्रता काकाको घरमा भएकाले जोगिएको बालिकाकी फुपू पार्वती लामिछानेले बताइन्।

घटनाको छानबिन गर्न काठमाडौँबाट प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतको टोली आएको थियो। तिवारी चार दिनदेखि प्रहरी हिरासतमा थिए।

  ४-५ जनाको मुकुन्डोधारी समूहले पर्वत जिल्लाको पिपलटारी-९ स्थित घरबाटै छोरीहरुलाई अपहरण गरेको पिता कृष्णप्रसाद तिवारीले बताउँदै आएका थिए। उनकी दुई छोरी मध्ये ८ वर्षकी नमूना राष्ट्रिय बाल शिक्षा सदन कुश्मामा कक्षा २ मा  र छ वर्षकी नवीना कक्षा १ मा पढ्थिन्।

यस क्षेत्रमा कुनै भूमिगत सशस्त्र समूहको गतिविधि नभएकोले प्रहरीले घटनालाई रहस्यमय भएको बताएको थियो। घटनास्थल बाग्लुङ-पोखरा राजमार्गको दोबिल्लादेखि एक किलोमिटर पूर्व पर्छ। छोरीलाई स्कुल पठाउन सजिलो हुने भएपछि केही महिनादेखि उनी खेतबीच घर बनाएर बस्दै आएका थिए।

अपहरणमा थोरै रकम मागेकाले पेसेवर अपहरणकारी नभएको प्रहरीले शंका गरेको थियो। 'पेसेवर भएको भए दुई बालिकाको लागि लाखमात्र माग्ने थिएनन्,' अनुसन्धानमा संलग्न प्रहरी अधिकृत विजयराज पण्डितले भनेका थिए।

-nagariknews

 

यो विषयका प्रतिक्रियाहरु

Ramesh kc :Aug 14, 2011 10:25:29 PM

नुनको बदला नुन र खुनको बदला खुन को कानुन नबने सम्म यस्तो घटनाको समाचार कति सुन्नु पर्छा भन्ने ठेगान छैन

keshab panday:Aug 13, 2011 01:33:23 PM

आजकल हाम्रो समाज बाट मानबिय मूल्य मान्यता र सम्बेदनशिलता हराउन थालेको छ, यो घटना बाट यस्तै संदेश दिईरहेको छ

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु