Happy tihar
Friday, 20 October 2017 12:55 pm, Nepal

अवैध यौनधन्दामा संलग्न दसजना पक्राउ

मेचीकाली : 2011-08-04 16:59:34


इटहरी, १९ साउन : राजमार्ग आसपास तथा बसपार्कमा खुलेका होटल एवम् क्याविन रेष्टुराँहरुमा अवैध यौन व्यापार मौलाएको जनगुनासो बढिरहेको बेला इलाका प्रहरी कार्यालय, इटहरीले यहाँको नयाँ बसपार्क क्षेत्रमा सञ्चालित लजहरुबाट दसजनालाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ । इटहरीको आमा समूहले आफ्ना बालबच्चा र श्रीमान्लाई समेत बिगार्ने कार्य भइरहेको भन्दै केही समयदेखि अवैध यौन गतिविधिको निगरानी र नियन्त्रण अभियान चलाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालयले बुधबार साँझ बसपार्क क्षेत्रका होटलमा छापामारेको थियो ।

    इटहरी बसपार्क क्षेत्रमा झन्डै दुई दर्जन होटल, लज र रेष्टुराँ सञ्चालनमा रहेका तथा तीमध्ये केही होटलमा छापामार्दा एक भारतीय नागरिकसहित १० जना अश्लील कार्यमा संलग्न भइरहेको अवस्थामा पक्राउ परेका थिए ।

    प्रहरीले छजना युवतीसहित चार पुरुषलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही चलाउने तयारी गरेको प्रहरी निरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    पक्राउ परेका कतिपय युवतीले आफूहरुले खुसीले यो पेसामा संलग्न भएको बताएका छन् भने कतिपयले भने बाध्यतावस आउनुपरेको उल्लेख गरेका छन् । केही समयदेखि इटहरी तथा यस आसपासका होटल तथा लजहरु भारतीय पुरुषका लागि यौन बजार बन्दै गएको तथ्यहरु फेला पर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु