dashain
Wednesday, 17 October 2018 12:40 am, Nepal

यौन शोषण गर्नेले पाँच कट्ठा जग्गा जरिवाना तिरे

रासस : 2011-08-04 10:57:12


मोरङ, १९ साउन : घरमा टिभी हेर्न आएकी दलित बालिकालाई यौन शोषण गर्ने गरेको पोल खुलेपछि एक वृद्धलाई गाउँलेले क्षतिपूर्ति स्वरूप पाँच कट्ठा जग्गा जरिवाना तिराएका छन् । मोरङको बेलवारी–३ कर्मडाँडा बस्ने ५७ वर्षीय चन्द्रबहादुर भेटवालले छिमेकी एक १३ वर्षीया बालिकालाई बेलुका टिभी हेर्न आएको मौका पारी यौन शोषण गर्ने गरेका थिए । उक्त कुरा गाउँलेले थाहा पाएपछि समाज राखेर बालिकालाई क्षतिपूर्ति स्वरूप पाँच कट्ठा जग्गा पास गर्न लगाएर जरिवाना तिराइएको हो ।

    गाउँमा समाज बसी बालिकाको भविष्यका लागि उनी बालिग नभएसम्म कसैले पनि बेचबिखन गर्न नपाउने गरी कागज गराएर पाँच कट्ठा जग्गा यसै हप्ता पास गर्न लगाइएको स्थानीय एक गाउँलेले जानकारी दिए ।

    जधन्य अपराधका घटनामा मिलापत्र गराउने नहुने भए पनि कानुनी कारबाहीमा पीडित बालिकाले न्याय पाउने विश्वास कम भएको भन्दै गाउँमै पीडकलाई जरिवाना तिराइएको गाउँलेको भनाइ छ ।

    इलाका प्रहरी कार्यालय बेलवारीले भने घटनाबारे कुनै जानकारी नआएको जनायो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु