dashain
Monday, 15 October 2018 03:52 pm, Nepal

एक महिनादेखि टेलिफोन सेवाबाट बञ्चित

मेचीकाली : 2011-07-28 09:18:14


बजुरा-बाजुरा जिल्लाका उत्तरी भेगका ११ गाविसका जनता एक महिनादेखि टेलिफोन सेवाबाट वञ्चित छन् ।कोल्टी गाविसमा रहेको सिडिएमए प्रविधिको टेलिफोन टावरमा आएको खराबीका कारण त्यस क्षेत्रका जनता सेवा बाट वञ्चित हुनुपरेको हो । जिल्लाभरि नेपाल टेलिकमका तीनवटा मात्र टावरबाट सेवा प्रदान आएको नेपाल टेलिकमले सदरमुकाम मातर्डीमा नमस्ते र सिडिएमए प्रविधिको मोबाइल सेवा र दक्षिणी भेगका अन्य गाविसलाई तोली गाविसमा रहेको टावरबाट सेवा दिइरहेको छ ।

मार्तडी गाविसबाहेक अन्य क्षेत्रमा पटकपटक खराबी आउने गरेको छ ।

    यसपटक उत्तरी भेगका पाण्डुसैन, कोल्टी, कोटीला, बाँधु, जुकोट, साप्पाटालगायतका गाविसमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध छ । दहकोट र बिच्छ्याँ गाविसमा हालसम्म जनताले सेवा पाउनसकेका छैनन् । कोल्टी बजारमा मेडिकल सञ्चालन गरिरहेका नवीन शाहीले भने – यहाँ टेलिफोन जडान भएदेखि नेटर्वक पटकपटक अवरुद्ध भई समस्या आएको एक महिना बितिसक्यो । फोन गर्न पाइएको छैन । सामान मगाउन पहिलेकै जस्तो चिठीपत्र लेख्नुपर्छ ।

    नेपालको सबैभन्दा पछि टेलिफोन पुगेको गाविसको रुपमा चिनिने साप्पाटा गाविस वडा नं. ६ छुद्दरीका हंश बुढाले  फोन गर्न कहिले सदरमुकाम त कहिले कालीकोटसम्म जानुपर्ने बाध्यता रहेको बताए ।

    नेपाल टेलिकम बाजुरा शाखाका निमित्त कार्यालय प्रमुख रामबहादुर रोकाया भने – एक महिनादेखि कोल्टीको टावरको ब्याट्री बिगे्रर सेवा अवरुद्ध बनेको छ, दसैँ भन्दा अगाडि बन्ने सम्भावना छैन । रोकायाका अनुसार सदरमुकामसम्म नियमित गाडी सञ्चालन भएपछि मात्र मर्मत गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु