dashain
Wednesday, 17 October 2018 12:39 am, Nepal

पर्यटकीय पदमार्ग बन्द गर्न दबाब

मेचीकाली : 2011-07-25 18:11:10


सोलुखुम्बु– उत्तरी पर्यटकीय क्षेत्रमा पर्ने जुभिङ, टाक्सिन्दु र चौरीखर्क गाविसका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु घेराउ गरेका छन् । टाक्सिन्दुको हेवादेखि चौंरीखर्कको तातेसम्म निर्माण भइरहेको सडकको निर्माण कार्य बन्द गर्न माग गर्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् । हेवा ताते निर्माणाधीन बाटोविरुद्ध धर्ना तथा विरोध कार्यक्रममा सहभागी भएका स्थानीयवासीले प्राकृतिक सम्पदाको संरक्षण गरौं,  तेन्जिङ हिलारीको नाम बेच्न पाइँदैनजस्ता नाराबाजी गरेका थिए ।

    सो सडक निर्माण गर्दा विकासको सट्टा प्राकृतिक सम्पदाको विनाश हुने र यसबाट आफूहरुले गरिरहेको पर्यटन व्यवसायमा समेत खतरामा पर्ने उनीहरुको भनाइ छ । स्थानीय र राष्ट्रियस्तरमा सङ्घर्ष समिति गठन गरेर बाटो बन्द गराउन दबाब दिंदै आएका उनीहरुले दिनभर जिल्ला प्रशासन, जिविस र जिल्ला वन कार्यालयमा सयौँको सङ्ख्यामा आएर नाराबाजी तथा घेराउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु