Wednesday, 20 June 2018 02:04 am, Nepal

ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, आठ घाइते

मेचीकाली : 2011-07-24 11:45:52


रोल्पा ८ साउन : रोल्पामा ट्र्याक्टर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।रोल्पाको मिजिङबाट गजुरतर्फ जाँदै गरेको लु२त ९६२ नंको ट्र्याक्टर खुमेल गाविस–३ को खारामा गएराति १० बजे दुर्घटना हुँदा स्थानीय २० वर्षीय चम्पासिंह रोका र २० वर्षीय भुपेन्द्र रोकाको मृत्यु भएको छ ।    घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको पनि राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजबहादुर विष्टले जानकारी दिनुभयो । पहाडी कच्ची बाटोमा सामानसहित क्षमताभन्दा बढी यात्रु राखेका कारण दुर्घटना भएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु