dashain
Wednesday, 17 October 2018 01:23 am, Nepal

आफ्नै काकीमाथि गोली प्रहार

मेचीकाली : 2011-07-23 11:08:32


बारा, ७ साउन : बारा जिल्ला गोलागञ्ज गाविस वडा नं. ३ कमलपुर गाउँका एक व्यक्तिले गएराति आफ्नै काकीमाथि गोली प्रहार गरी फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरजग्गासम्बन्धी विवादका कारण दरोगा महतोका २५ वर्षीय छोरा दिनेश महतोले गएराति करिब १०ः३० बजे आफ्नै काकी ४० वर्षीया रामकलीदेवी महतोमाथि गोली प्रहार गरेको थियो ।

    गोली प्रहारबाट गम्भीर घाइते भएकी रामकलीको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । फरार महतोलाई पक्राउ गर्न प्रहरी टोली खोजीमा लागेको इलाका प्रहरी कार्यालय सिम्रोनगढले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु