dashain
Monday, 15 October 2018 04:38 pm, Nepal

२३ बर्षीय युवकद्वारा बालिका बलात्कृत

मेचीकाली : 2011-07-21 14:29:00


मोरङ, ५ साउन : मोरङको उर्लाबारी–६ मङ्गलबारेमा बुधबार राति एक बालिका बलात्कारको शिकार भएकी छन् ।     ती बालिकालाई उनकै छिमेकी २३ वर्षीय विकल मिश्रले बलात्कार गरेको प्रहरीले जनाएको छ । स्थानीय कलमनारायण मल्लिकको घरमा सहयोगीका रूपमा काम गर्ने ती बालिकालाई मिश्रले घर नजिकै रहेको बाँस झ्याङमा लगेर बलात्कार गरेका हुन् ।

    रक्तश्रावका कारण छिमेकीहरुले आज बिहान पीडित बालिकालाई सोधपुछ गरेपछि सो घटनाको वास्तविकताबारे सार्वजनिक भएको हो ।बलात्कारी मिश्रलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको छ भने पीडित बालिकाको प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेमा स्वास्थ्य परीक्षण तथा उपचार गरिएको इलाका प्रहरी कार्यालय, उर्लाबारीका प्रहरी नायब निरीक्षक डम्बरप्रसाद आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु