dashain
Wednesday, 17 October 2018 12:39 am, Nepal

एमाले पूर्वसांसदका अंगरक्षकले सर्वसाधारणलाई गोली हानी मारे

मेचीकाली : 2011-07-17 09:32:25


सप्तरी, १ साउन : नेकपा (एमाले)का पूर्व सांसद जगदीशप्रसाद साहका अङ्गरक्षकले चलाएको गोली लागेर सप्तरीको शम्भुनाथ–८ मा गएराति एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ गाविस वडा नं ७ बस्ने ४५ वर्षीय रामबहादुर चौधरी रहेका छन् । सोही घटनामा परी साहका अङ्गरक्षकसमेत गम्भीर घाइते भएका छन् । हाल उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

मृतक चौधरीको शव पोस्टमार्टमका लागि सगरमाथा अञ्चल अस्पताल राजविराजमा राखिएको छ । साहको सुरक्षार्थ खटिएका प्रहरी जवान प्रवेश मेहता जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रहरी जवानको रुपमा कार्यरत रहँदैआएको र करिब दुई वर्षदेखि साहको सुरक्षागार्डको रुपमा कार्यरत छन् ।

पूर्व सांसद साहले गएराति करिब १० बजेको समयमा चौधरीको नेतृत्वमा आएको समूहले आफू र सुरक्षागार्डमाथि आक्रमण गरेको र सोही क्रममा गोली पड्किएको बताएका छन् । प्रहरी जवानको बन्दुक खोस्ने क्रममा गोली पड्किएको र मृतकको पेटमा गोली लागेको प्रहरीले बताएको छ ।

सुरक्षागार्डको बन्दुक खोस्ने क्रममा घम्साघम्सी हुँदा आफू भाग्न सफल भएको बताउँदै साहले गार्डलाई उनीहरुले नियन्त्रणमा लिई निर्घात कुटपिट गरेको आरोपसमेत लगाएका छन् । जनतान्त्रिक तराई मुक्ति मोर्चा (अग्नि समूह)सँग मृतक चौधरीको सम्बन्ध राम्रो रहेको र उनीहरुलाई हतियार बेच्ने गरेको दाबी पूर्व सांसद साहले गरेका छन् ।

मृतक पक्षले भने सामान्य वादविवाद हुँदा साहको निर्देशनमा उनको सुरक्षार्थ खटिएका सुरक्षागार्ड प्रवेश मेहताले गोली चलाएको बताएको छ ।
। 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु