dashain
Monday, 15 October 2018 04:41 pm, Nepal

एक महिला र पुरुषले नारायणी पुलबाट हाम फाले

मेचीकाली : 2011-07-07 08:49:15


चितवन, २३ असार : चितवनको नारायणी नदीमाथिकोे पुलबाट गएराति एक महिला र एक पुरुषले हाम फालेका छन् । हाम फालेका मध्ये पुरुष जीवितै फेला परेका छन् । महिलाको अवस्था भने अज्ञात रहेको चितवन प्रहरीले जनाएको छ । चितवनको भरतपुरस्थित कृष्णपुर बस्ने २० वर्षीय सुरेन्द्र सिंहले गएराति ९ बजेको समयमा नारायणी पुलबाट नदीमा हाम फालेका थिए ।

हाम फालेर बाँच्न सफल भएका सिंह पुनः पुलबाट हाम फाल्न लाग्दा पक्राउ गरिएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । यस्तै नवलपरासी घर भएकी १९ वर्षीया सरिता गहतराज पनि गएराति करिब १२ बजेको समयमा पुलबाट नारायणी नदीमा हाम फालेर बेपत्ता भएकी छन् । उनको अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    उनीहरु दुवैजनाले पारिवारिक कारणले हाम फालेको हुनसक्ने अनुमान प्रहरीले गरेपनि कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु