dashain
Wednesday, 17 October 2018 12:39 am, Nepal

पत्रकार कुट्ने पुर्पक्षका लागि जेल चलान

मेचीकाली : 2011-07-06 13:22:58


वस्नेत पक्राउ नपरेसम्म अनुसन्धान जारी राखिने

विराटगर, २२ असार : पत्रकार खिलानाथ ढकाललाई अपहरण गरी ज्यान मार्ने गरी कुटपिट गर्ने युथफोर्स विराटनगरका इन्चार्ज रोहित कोइराला र सदस्य मनोजसिंह राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। मोरङ अदालतका न्यायाधीश मेघनाथ भट्टराईको एकल इजलासले यस्तो आदेश दिएको हो।

अदालतले फरार अभियुक्त पर्शुराम बस्नेत अदालतमा उपस्थित नहुञ्जेलसम्म मुद्दामा अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ दुवै अभियुक्त कोइराला र राईलाई थुनामा पठाउने आदेश दिएको हो। चार दिनसम्म भएको बहसपछि अदालतले बुधबार निर्णय सुनाएको हो।

पत्रकार ढकालका लागि महासंघका पक्षमा नेपाल बार एसोसिएसनले मुद्दाका लागि कानुनी उपचारमा सहयोग गरेको छ । चार दिन चलेको बहसमा वादीका तर्फबाट ६८ जना कानूनव्यवसायीले वकालतनामा दायर र ३२ जनाले बहसमा भाग लिए । त्यस्तै प्रतिवादीकातर्फबाट २२ जना कानूनव्यवसायीले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु