dashain
Wednesday, 17 October 2018 05:52 pm, Nepal

१७० अवैध उद्योगबाट महिनावारी असुली

मेचीकाली : 2011-06-27 09:02:50


कपिलवस्तु, १३ असार : कपिलवस्तुमा एकसय सत्तरी वटा भन्दा बढी इँटा उद्योगले करको दायरावाट छुटकारा पाएवापत् उद्योग अधिकृत कृष्णप्रसाद खनाललाई महिनावारी कमिशन बुझाउँदै आएको रहस्य खुलेको छ । जिल्ला घरेलु तथा साना उद्योग कार्यालयको उद्योग दर्ता तथा नवीकरण पुस्तिकामा २०७ इँटा उद्योगको दर्ता छ । तिनीहरुको नवीकरण गर्दा नियमानुसार कर चुक्ता गरेको प्रमाणपत्र पेस गर्नुपर्छ ।

तर तिनीहरु एकातिर करको दायरामा लामो समयदेखि आएका छैनन् भने अर्काेतिर घरेलु कर्यालयले नवीकरण भने गर्दै आएको छ ।कपिलवस्तुमा सञ्चालित दुईसय भन्दा बढी इँटा उद्योगमध्ये २३ वटामात्र आन्तरिक राजश्व कार्यालय कृष्णनगरबाट पान नम्वर लिएका छन् । १७० बढी इँटा उद्योगहरु अवैध तरिकाले सञ्चालनमा रहेका छन् ।

    अधिकांश इँटा उद्योग गैरकानूनीरुपमा सञ्चालनमा आएपनि उद्योग विभागको स्थानीय निकाय घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाले कानूनको दायरामा ल्याउन पहल गरेको छैन । फलतः अवैध उद्योगलाई  कारवाही नहुँदा सरकारलाई लाखांै रुपैयाँ राजश्व घाटा भएको छ । घरेलु कार्यालय मौन बस्दै आउनुका पछाडि कमिसनको खेल रहेको पुष्टि हुन्छ ।

    आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख युक्त सुवेदीले राजश्व कार्यालयमा मात्र २३ इँटा उद्योगले पान नम्बर लिइ कारोवार गरेको जनाए । उद्योगको दर्ता जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा हुने र उनीहरुलाई कानुनी हिसावले निगरानी गर्ने काम पनि सोही कार्यालयको हुने सुवेदीले स्पष्ट पारे ।

    आन्तरिक राजश्व कार्यालयले राजश्व छली भएको आशङ्का लागेमा छापा हानी कारवाही अघि बढाउने हो ।

    जुन उद्योगले पान नै लिएका छैनन् तिनीहरुको निगरानी गर्नेकाम कसरी गर्ने भन्ने सुवेदीको तर्क छ । यता जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कृष्ण खनाललाई सम्पर्क गर्दा उनी महिनामा मुस्किलले एक हप्ता पनि कार्यालयमा उपस्थित नहुने गरेको खुलासा भयो ।

     इँटा उद्योग सञ्चालनबारे काठमाडाँैबाट प्रकाशित पत्रिकामा यसअघि छापिए पछि दुई पटक विभागले के भएको हो भनी सोधेपनि घरेलु कार्यालय प्रमुख कृष्णप्रसाद खनालले उद्योग अवैध रुपमा सञ्चालनमा नभएको जवाफ दिने गरेको छ ।

    छ वर्षदेखि सरुवा नभै घरेलु कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका खनाल जिल्लामा कमिशनखोरी हाकिमको रुपमा परिचित रहँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु