dashain
Wednesday, 17 October 2018 12:42 am, Nepal

शिक्षकद्वारा १२ बर्षीया बालिका बलात्कृत

मेचीकाली : 2011-06-26 13:53:47


पाँच महिनापछि खुल्यो रहस्य

विराटनगर, १२ असार : एक १२ वर्षीय बालिकाले आफ्नै स्कुलका एक शिक्षकले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । रङ्गेली–२ स्थित रङ्गेली इङ्लिस बोर्डिङ स्कुलकी कक्षा दुईमा अध्ययनरत् ती बालिकाले विद्यालयका शिक्षक मुकेशकुमार साहले आफूमाथि पाँच महिनाअघि बलात्कार गरेको आरोप लगाएका हुन् ।

छोरी बलात्कृत भएको पाँच महिनासम्म थाहा नपाएका आमाबाबुले छोरीको बारम्बार पेट दुख्ने र उल्टी हुने समस्या परेपछि उनलाई जुकाको औषधि खुवाएका थिए । यद्यपि पेट दुख्न निको नभएपछि गर्भवती रहेको आशङ्का गरी आमाले छोरीलाई डाक्टरलाई देखाउँदा गर्भवती भएको थाहा पाएका थिए । बालिकाको गर्भमा २१ हप्ताको शिशु रहेको मेडिकल रिपोर्टले पुष्टि गरेको छ ।

    आरोपित शिक्षक मुकेशकुमार साह भने आफूले बलात्कार नगरेको बताउँदै झुठो आरोप लगाई फसाएको बताउँछन् । यता बालिकाले भने आफू विद्यालयमा प्रार्थनाको समयमा पानी खान जाँदा शिक्षक साहले मुख थुनी शौचालय पछाडि लगी जबरजस्ती करणी गरेको र कसैलाई भनेमा ठीक नहुने धम्की दिएको बताइन् ।

    शिक्षक साहले आफू निर्दोष रहेको दाबी गर्दै डिएनए परीक्षण गर्दा दोषी ठहरिए कानुनी कारबाही सहन तयार रहेको बताए ।    विद्यालयका प्रिन्सिपल शेषराज राजवंशीले स्कुल हाताभित्र विद्यार्थी बलात्कारको घटनाको कल्पना पनि गर्न नसकिने बताउँदै विद्यालयको नाम बदनाम गर्न खोजिएको बताउनुभयो ।

    बालिकाले घटनामा मामाको नामसमेत मुछेपछि घटना रहस्यमय बनेको छ । यता पीडित बालिकाको बाबु दिनेश साह भने छोरीको बयान परिवर्तन गराउनका लागि प्रहरीले कुटेपछि छोरीले डरले मामाको नाम लिएको बताए । इप्रका रङ्गेलीका प्रनि राजेश थापाको भने बालिकामाथि कुनै दबाब नदिएको भनाइ छ । ती बालिका हाल ओरेक नेपाल विराटनगरको संरक्षणमा रहेकी छिन् ।

    घटनाको दोषीउपर कारबाहीको माग राख्दै नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष शङ्करप्रसाद साहसहित सयौँको सङ्ख्यामा स्थानीयवासीले प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए ।

यो विषयका प्रतिक्रियाहरु

nabin ghimire:Jun 27, 2011 04:15:56 PM

yadi dna parichan garda ho vane karabhi gara hoyina vane kt ly kabai gara

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु