dashain
Wednesday, 17 October 2018 12:39 am, Nepal

बाढीका कारण राजापुर टापुका धेरैजसो गाउँ डुबानमा

मेचीकाली : 2011-06-21 12:15:20


बर्दिया, ७ असार : वर्षायामको सुरुवातसँगै राजापुर टापुका ११ गाविस बाढीको उच्च जोखिममा रहेका छन् । वर्षै पिच्छे बाढीबाट पीडित राजापुरका बासिन्दा यो वर्ष पनि वर्षायामको सुरुवातबाटै बाढीको संयन्त्र भोग्न बाध्य भएका छन् । बर्दिया जिल्लामा त्यति धेरै पानी नपरेता पनि पहाड तिर परेको पानीले राजापुरको बुढी कुलोमा पानीको सतह बढेका कारण उक्त बुढी कुलोको नजिक रहेका गाउँहरू डुबानमा परेका हुन् ।

बाढीका कारण राजापुर वडा नं २ मा पर्ने धोबिनपुर गाउँमा रहेका १४÷१५ घरमा पानी पसेको छ । त्यस्तै वडा नं ३ मुरैया गाउँस्थित बागेश्वरी प्रावि र त्यहाँका १५ घरमा समेत पानी पसेको छ । राजापुर– ४ मा पर्ने शान्तिपुर गाउँमा समेत बाढीले ५ घर डुबाएको छ भने वडा नं ७ रसपुरुवामा १६ वटा घर डुबानमा परेका छन् ।

बाढीकै कारण बदालपुर गाविस वडा नं ८ मा समेत ८ घर र भिम्मापुर गाविसको भीमकुमारी टोल डुबानमा परेको राजापुरका गाविस सचिव जगतराम थारुले जानकारी दिनुभयो ।त्यस्तै कर्णाली नदीमा आएको बाढीका कारण राजापुर टापुसँग जोड्ने नेपालको एकमात्र ड्रम पुलमा समेत बाढीले असर पु¥याएको छ ।जिल्ला विकास समिति बर्दियाले समयमै टेन्डरमार्फत् स्टिमर सञ्चालनका लागि ठेक्का दिएको भए तापनि हालसम्म स्टिमर सञ्चालन नभएका कारण र ड्रम पुलको वारी र पारीसमेत बाढी नाघेकोले यातायातमा अवरोध पु¥याएको छ ।

नदी पानीको बहाव बढेमा ड्रमपुल झिकी स्टिमर सञ्चालन गर्नुपर्नेमा हालसम्म स्टिमर सञ्चालन नगरेका कारण लगभग राजापुर टापु र सदरमुकामसँग सम्पर्क छुटिन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु