dashain
Wednesday, 17 October 2018 06:57 am, Nepal

महेश वस्नेतलाई एमाले पार्टी कार्यालय लगेर छाडियो

मेचीकाली : 2011-06-17 13:33:32


विराटनगर, ३ असार : बिहीबार सुनसरीको इटहरीमा पक्राउ परेका नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतलाई प्रहरीले एमालेको विराटनगर, पाञ्चालीस्थित कार्यालयमा ल्याएर केही बेरअघि छाडिदिएको छ । मोरङ एमालेका अध्यक्ष विनोद ढकालका अनुसार प्रहरीले कार्यालयमा ल्याएर छाडेको हो ।

बस्नेतलाई विराटनगरको रानीस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा राखिएको थियो । उनले आफूलाई पक्राउ गर्नुको कारण प्रष्ट्याउन, पत्रकारमाथि आक्रमण गरेको अभियोग लागेका आफ्ना कार्यकर्ता परशु बस्नेतविरुद्धको उजुरी फिर्ता लिन लगायत माग राख्दै प्रहरीबाट मुक्त नहुने बताउँदै आएका थिए ।

पार्टी स्रोतका अनुसार स्थानीय नेता-कार्यकर्तासँग केहीबेर छलफल गरी बस्नेत राजधानी जाने कार्यक्रम छ । पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको ठूलो भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु