dashain
Monday, 15 October 2018 04:39 pm, Nepal

प्रहरी हिरासत छाड्न मानेनन् महेश वस्नेतले

मेचीकाली : 2011-06-17 08:36:48


विराटनगर, ३ असार : सरकारले एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश वस्नेतलाई हिजो साँझ नै रिहा गरे पनि वस्नेतले भने प्रहरी कार्यालय छाड्न अस्वीकार गरेका छन् । उनले आफू पक्राउ पर्नुको कारण थाहा नभएसम्म प्रहरी कार्यालय नछाड्नेसमेत बताएका छन् । पत्रकार खिलानाथ ढकालमाथि आक्रमणको योजनाकार पर्शुराम वस्नेतलाई संरक्षण गर्दै पक्रेर देखाउन चुनौती दिँदै आएका वस्नेतलाई प्रहरीले हिजो बिहान इटहरीबाट पक्राउ गरेको थियो ।

 उपप्रधान तथा गृहमन्त्री कृष्णवहादुर महरा र एमालेका प्रतिनिधी योगेश भट्टराईबीच भएको वार्तामा हिजो साँझ नै छाड्ने सहमति भएको थियो । तर, उक्त सहमति नमान्ने घोषणा गर्दै वस्नेतले आफू प्रहरी कार्यालय नछाड्ने अडानमा रहेका छन् । सोही कारण आज बिहानसम्म बस्नेतलाई प्रहरी कार्यालयमै राखिएको छ । उनले पत्रिकाले आफूहरुविरुद्ध झुठा प्रचार गर्दै चरित्रहत्या गर्ने प्रयास गरेको बताएका छन् । वस्नेत पक्राउ परेपछि हिजो दिनभर देशव्यापीरुपमा प्रदर्शन भएका थिए ।

यसैबीच युवा संघका कार्यकर्ताले प्रदर्शन गर्ने सम्भावना देखिएपछि हिजो बिहानदेखि विराटनगरमा लागु गरिएको निषेधाज्ञा आज साँझसम्म जारी राख्ने निर्णय स्थानीय प्रशासनले गरेको छ । तर, प्रशासनको निषेधाज्ञाको अवज्ञा गर्दै वस्नेतको आह्वानमा आज बिहानैदेखि विराटनगरका ठाउँठाउँमा सडक अवरुद्ध गर्दै प्रदर्शन गर्न सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु