Sunday, 17 December 2017 08:04 am, Nepal

युवासंघ अध्यक्ष बस्नेतलाई विराटनगर लगियो

मेचीकाली : 2011-06-16 11:03:19


बिराटनगरको सुरक्षा व्यवस्था कडा
काठमाडौँमा प्राधिकरणको गाडीमा आगजनी

इटहरी, २ असार : इटहरीस्थित रिभरसाइड होटलबाट पक्राउ गरेका युवासंघ अध्यक्ष महेश बस्नेतलाई प्रहरीले विराटनगर लगेको छ। नागरिककर्मी खिलानाथ ढकालमाथि ज्यान मार्ने उद्देश्यका साथ आक्रमण गर्ने पर्शुराम बस्नेत आफ्नो संरक्षणमा रहेको पटक पटक बताउँदै आएका बस्नेतलाई होटलमा पत्रकार सम्मेलन गर्न खोज्दै गर्दा पक्राउ गरिएको हो। बस्नेतलाई पक्राउ गरेको विरोधमा युथफोर्सले इटहरीमा चक्काजाम गर्दै सवारी साधन तोडफोड गरेको छ। बस्नेतको पत्रकार सम्मेलनलाई सञ्चारकर्मीहरुले बहिस्कार गरेका थिए।

युवासंघले आज विराटनगरमा प्रतिकार सभाको तयारी गरेको थियो। त्यसैका लागि अध्यक्ष बस्नेत विराटनगर आएका थिए।  प्रशासनले आज दिनभरका लागि निषेधाज्ञा जारी गरे पनि सभाको तयारी बारे जानकारी दिन उनले पत्रकार सम्मेलनको तयारी गरेका थिए।

त्यसैगरी सम्भावित झडपको अवस्थालाई ध्यान दिंदै विराटनगरमा बिहीबार सुरक्षा व्यवस्था कडा पारिएको छ । एमाले भातृ संगठन युवा संघले गर्न लागेको 'प्रतिकार सभा' लाई ध्यानमा राख्दै यस्तो कडाइ गरिएको हो । उपमहानगरका विभिन्न स्थानमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएका छन् । मोरङ प्रशासनले विराटनगर उपमहानगर क्षेत्रभित्र बिहीबारका लागि १० घण्टे निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीका अनुसार स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञाका जारी गरिएको हो । बिहीबार बिहान ८ देखि साँझ ६ बजेसम्म यो आदेश कायम हुने छ ।

यस अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति हिडडुल गर्न, सभा, जुलुस र धर्ना गर्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । यो बन्देज कोसी राजमार्गको विराटनगरउत्तर कञ्चनबारीदेखि दक्षिणमा  रोडशेष र बजारका मुख्य भागमा लागू हुने प्रशासनले जनाएको छ ।

यसैगरी अध्यक्ष बस्नेतलाई पक्राउ गरेकोबिरोधमा संघका कार्यकर्ताहरुले काठमाडौँको घण्टाघरअगाडि बा १ ञ १८३३ नम्बरको विद्युत प्राधिकरणको गाडीमा पनि बिहान आगजनी भएको छ।  एमाले भ्रातृ संगठन अनेरास्ववियुका महासचिव किशोरविक्रम मल्लले देशव्यापी आन्दोलन सुरु भएको जानकारी दिए। 'सरकारले अन्यायमा परेका पत्रकारलाई समेत छायामा पार्ने गरेर राजनीतिक रिसइबी साँधिरहेको छ', उनले भने। एमालेका सबै जनस्तरका संगठनहरु देशव्यापी रुपमा विरोधमा उत्रने तयारी गरिरहेको उनले जानकारी दिए। 'सबैतिर आगजनी हुन्छ', महासचिव मल्लले भने।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु