dashain
Wednesday, 17 October 2018 01:28 am, Nepal

पत्रकार कुट्ने युथफोर्सका एक कार्यकर्ता पक्राउ

मेचीकाली : 2011-06-13 09:45:18


मुख्य अभियुक्त अझै फरार

विराटनगर, ३० जेठ : विराटनगरका पत्रकार खिलानाथ ढकालमाथिको आक्रमणमा संलग्न मध्येका एमाले युवादस्ता युथफोर्सका सदस्य मनोज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमणमा संलग्नलाई कारवाही गर्न चौतर्फी दबाब बढिरहेका बेला राइलाई प्रहरीले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस नजिकै बाट आज बिहान पक्राउ गरेको हो । पक्राउ परेका राईलाई हिरासतमा राखेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले यसअघि कुटपिटमा संलग्न युथफोर्स कार्यकर्ता रोहित कोइरालालाई नियन्त्रणमा लिइसकेको छ ।

कृष्ण यादव हत्याका अभियुक्त अभिषेक गिरीलाई मुद्धाको पेसीका लागि मोरङ जिल्ला अदालत लैजाने क्रममा युथफोर्सले अदालत हाताभित्रै आक्रमण गरेको समाचार लेखेको भन्दै पत्रकार ढकालमाथि २२ जेठमा सांघातिक हमला गरिएको थियो ।

घटनाका मुख्य दोषी युथफोर्स मोरङ अध्यक्ष पर्शुराम बस्नेत भने एमाले नेता केपी ओलीको संरक्षणमा राजधानीमा बसिरहेका छन् । पक्राउ परेका राई बस्नेतका पूर्व चालक हुन् ।

यो विषयका प्रतिक्रियाहरु

mukunda:Jun 13, 2011 10:11:09 AM

kAnuni rajya ko upahas yo bhandakati hos.

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु