Wednesday, 15 August 2018 09:15 am, Nepal

पार्टी फुटाएको भन्दै सभासदले कुटाई खाए

मेचीकाली : 2011-06-10 18:45:04


कपिलवस्तु, २७ जेठ : पार्टी फुटाएर मधेस र मधेसी जनताप्रति धोका दिएको भन्दै मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताहरुले फोरम गणतान्त्रिकका सभासद् अकबाल अहमद शाहलाई आज हातपात गरेका छन् । नयाँ पाटी गठनका लागि कार्यकर्तासँग छलफल गरी घर फर्कनेक्रममा सदरमुकाम तौलिहवास्थित बहादुरगञ्ज चौकमा उहाँमाथि हातपात भएको हो । चौकको कल्लु पान पसलमा पान खाइरहेका बेला फोरम नेपालका कार्यकर्ता पुगेर सभासद्को कठालो समातेर हातपात गरेका हुन् ।

फोरम नेपालका जिल्ला सदस्य रामनेबास यादवले आफू नेतृत्वका कार्यकर्ताहरुले सभासद् शाहलाई हातपात गरेको बताउनुभयो । सभासद् शाहले पनि फोरम नेपालका कार्यकर्ताले हातपात गरेको बताउनुभयो  । उनले फोरम अध्यक्ष उपेन्द्र यादवको तानाशाही र निरंकुश शैलीविरुद्ध बाध्य भएर पार्टी फुटाएको बताउँदै कसैको  ब्यक्तिगत स्बतन्त्रता हनन हुने काम कसैले गर्न नहुने बताउनुभयो ।

सभासद् शाहले आफूलाई हातपात गर्नेविरुद्ध कडा कारबाही गर्न प्रहरीलाई आग्रह गर्नुभएको छ । प्रहरीले हातपात गर्नेलाई खोजीरहेको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक श्याम अधिकारीले बताउनुभयो । सभासद् शाह फोरमको सिफारिसमा मन्त्रिपरिषदबाट मनोनित सभासद् हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु