dashain
Monday, 15 October 2018 05:23 pm, Nepal

कसैलाई थाहा नदिई आफ्नो गुटको भेला गरे बाबुरामले

रासस : 2011-06-10 10:56:12


पार्टीभित्र कार्बाहीमा परेका अधिकांश नेता/कार्यकर्ता बाबुरामतिर

चितवन, २७ जेठ : गोरखामा बिहीबार सुटुक्क माओवादी नेता डा बाबुराम भट्टराई गुटका कार्यकर्ताहरुको अलग्गै भेला सम्पन्न भएको छ । बाबुरामका पक्षधर मानिने सुनिल पौडेलको प्रमुख आतिथ्यतामा चितवनको दारेचोकमा भेला डाकिएको हो । भेलामा चितवन, गोरखा, तनहुँ र लमजुङका गरी १७० जनाको सहभागिता रहेको बताइन्छ । पछिल्लो समयमा एमाओवादीका तीनवटै गुटको प्रभाव गोरखा जिल्लामा बढेको छ । संस्थापन पक्षमा नेतृत्व तहका मानिसहरु धेरै छन् भने तल्ला तहमा बाबुरामका केही कार्यकर्ता छन् ।

    बाबुरामको पक्षमा सभासद् ज्ञानेन्द्र कुमाल र राज्य समिति सदस्य यानप्रसाद भट्ट खुलेरै देखा परेका छन् । एमाओवादीलाई अहिलेको अवस्थासम्म बाबुरामको चिन्तनले ल्याएको उनीहरुले दाबी गरेका छन् । एमाओवादी पार्टीभित्र आन्तरिक कारवाहीमा परेका अधिकांश कार्यकर्ता बाबुरामको पक्षमा उभिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु