Wednesday, 26 September 2018 03:01 pm, Nepal

बलात्कारीलाई १० बर्ष जेल

मेचीकाली : 2011-06-08 08:46:29


सिन्धुपाल्चोक, २५ जेठ :  जिल्ला अदालत सिन्धुपाल्चोकले बलात्कारको कसुरमा दुईजनालाई १०/१० वर्ष कैद सजाय सुनाएको छ । डेढ वर्षअघि एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनामा सानो सिरुबारी–२ का सानु भन्ने देवबहादुर घले  र सानोसिरुवारी–४ कै तिलक भनिने राजुबहादुर घलेले जनही १० वर्ष कैद सजाय पाएका हुन् । जिल्ला न्यायाधीश वीरबहादुर डाँगीको इजलासले यस्तो फैसला गरेको हो ।

अदालतले पीडित किशोरीलाई उनीहरुबाट १०÷१० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ । स्थानीय ठूलीचौर जंगलमा घाँस काट्न गएका बेला २०६६ असोज १७ गते १४ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार बनेकी थिइन् । घटनाको भोलिपल्ट पीडितका बाबुले अभियुक्तहरुविरुद्ध किटानी जाहेरी दिएका थिए ।

यो विषयका प्रतिक्रियाहरु

tara:Oct 29, 2011 04:53:10 PM

एस्त पापी हरु लाई त दस वर्ष मात्र होइन जन्म कैद गर्नुपर्छ

pushpa bhandari:Jun 29, 2011 04:33:27 PM

तेस्त पापी हरुलाई कानुन अनुसार कडा भन्दा कडा कारबाई गर्नु पर्छ र दण्ड सजाय दिनु पर्छ अपराधी लाई तेसै छोड्नु हुदैन

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु