Sunday, 17 December 2017 08:06 am, Nepal

कर्णालीमा ‘झिंगा झोला’ कार्यक्रम

मेचीकाली : 2011-05-12 17:40:10


कालीकोट, २९ वैशाख : नेपालको विकट कर्णाली अञ्चलको कालीकोट जिल्लामा झिङ्गाका कारण उत्पन्न स्वास्थ्य समस्या समाधान गर्ने उद्देश्यले नेपाल निजामती कर्मचारी अञ्चल समन्वय समिति बागमतीको सहयोगमा “झिङ्गा झोला कार्यक्रम” सुरु गरिएको छ ।  सो कार्यक्रमअन्तर्गत नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. सशांक कोइरालाले बिहीबार राजधानीमा कालीकोटवासीहरूलाई झिङ्गा झोला र फ्लाइ क्याचर हस्तान्तरण गर्नुभयो ।

डा. कोइरालाले नेपाली कांग्रेस कालीकोट जिल्ला समितिका सचिव हस्तबहादुर बमलाई ९८० थान झिङ्गा झोला र ८३० थान फ्लाइ क्याचर हस्तान्तरण गर्नु भयो ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. सशांंक कोइरालाले जनस्वास्थ्यको हितमा रोग लागिसकेपछि ठूलो खर्च गर्नुभन्दा सावधानी अपनाएमा ४० प्रतिशत रोग पहिले नै रोकथाम गर्न सकिने भएकाले सरुवा रोगहरू फैलाउने झिङ्गा रोकथामका लागि “झिङ्गा झोला कार्यक्रम” सञ्चालन गरेकोमा नेपाल निजामती कर्मचारी युनियनको प्रशंसा गर्नुभयो ।

“झिङ्गा झोला कार्यक्रम” सदरमुकाम मान्म लगायत आसपासका क्षेत्रमा परिक्षणका लागि लगातार एक महिनासम्म गरिने र उक्त कार्यक्रम स्थानीय स्तरमा फलदायी भएमा लगातार सञ्चालन गरिने कार्यक्रम रहेको नेपाल निजामती कर्मचारी युनियन बागमती अञ्चल समन्वय समिति संयोजक तथा केन्द्रिय सदस्य दुर्गाप्रसाद फुयालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका लागि नेपाल निजामती कर्मचारी युनियन बागमती अञ्चल समन्वय समितिले सम्पूर्ण खर्च व्यहोरेको छ ।

सो “झिङ्गा झोला कार्यक्रम” फलदायी हुन सके कालीकोटबासीको स्वास्थ्यमा समेत सुधार आउने अपेक्षा गरिएको छ । जहाँ दुःख त्यहाँ नेपाल निजामती कर्मचारी युनियन भन्ने नाराका साथ बागमती अञ्चल समन्वय समितिले गर्ने कार्यक्रम झिङ्गाझोला असाध्यै प्रभावकारी, जनहित र जनस्वास्थ्यको पक्षमा रहेको कुरा अध्यक्ष सुबोध कुमार देवकोटाले जानकारी दिनु भयो ।

के हो झिङ्गा झोला कार्यक्रम ?

कर्णाली अञ्चलको कालीकोट नेपालकै पिछडिएका क्षेत्रमध्येको हो । स्वास्थ्य तथा सरसफाइकोे अभावका सदरमुकाम म्यान्मालगायतका क्षेत्रमा झिङ्गाको ठूलो प्रकोप रहेको छ । हैजाजस्ता रोगका कारक मानिएको झिङ्गाको रोकथामका लागि झिङ्गा झोला कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु